राष्ट्रियसभा उपनिर्वाचन : ३ सय ३८ मत खस्यो

हेटौंडा : बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा रिक्त एक पदका लागि भएको उपनिर्वाचन सम्पन्न भएको छ।

प्रदेश राजधानी हेटौंडाको भुटनदेवी माविमा भएको मतदानमा ३ सय ३८ मत खसेको छ । प्रदेश सांसद १ सय ९ जनामध्ये १ सय ५ मत मात्रै खस्यो । स्थानीय तहका प्रमुख–उपप्रमुख गरी २ सय ३८ मध्ये २ सय ३३ मत खसेका निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।

मतदान सकिएपछि केहीबेरमा आवश्यक प्रक्रिया पूरा गरी मतगणना थाल्ने तयारी गरिएको छ। आजै नतिजा सार्वजनिक हुने छ। उपनिर्वाचनमा एमालेकै दुई जनासहित तीन जना उम्मेदवार चुनावी मैदानमा छन् ।

उपनिर्वाचनमा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, विपक्षी गठबन्धनका तर्फबाट एमालेकै माधव नेपाल निकट डाक्टर खिमलाल देवकोटा र नेमकिपाका कृष्णबहादुर तामाङ प्रतिष्पर्धामा छन्। गृहमन्त्री थापा एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले कारबाही गरी राष्ट्रिय सभा सदस्य पद रिक्त गराएको हो ।

राष्ट्रियसभा उपनिर्वाचन : ३ सय ३८ मत खस्यो

फ्रेन्च कपको उपाधि पिएसजीले जित्यो

राष्ट्रियसभा उपनिर्वाचन : ३ सय ३८ मत खस्यो

लिभरपुल इङ्ग्लिस प्रिमियर लिगको शीर्ष चारमा

Leave a comment

Your email address will not be published. Required fields are marked *