फ्रेन्च कपको उपाधि पिएसजीले जित्यो

एजेन्सी । फ्रेन्च कप फुटबलको उपाधि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जितेको छ ।
बुधबार राति भएको फाइनल खेलमा मोनाकोमाथि २–० को जित निकाल्दै पिएसजीले पछिल्लो सात वर्षमा छैटौँपटक उपाधि उचालेको हो ।
अवे मैदानमा भएको खेलमा पिएसजीका लागि १९ औँ मिनेटमा आइकार्डी र ८१ औँ मिनेटमा केलियन एमबाप्पे गोल गरे ।
पहिलो गोलका लागि सहयोगका गरेका एमबाप्पेले आफ्नो गोल भने एन्डल डी मारियाको सहयोगमा गरेका हुन् ।






