कपिलवस्तुमा माओवादी केन्द्रका नेतामाथि गोली प्रहार

बुटवल । कपिलवस्तुमा नेकपा (माओवादी केन्द्र) का जिल्ला नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ ।

तौलिहवा–जीतपुर सडकखण्डको सडवा भन्ने स्थानमा पाण्डेमाथि बुधबार राति तीनजनाको समूहले गोली प्रहार गरेको हो । गोली लागेका पाण्डे नदीजन्य पदार्थको ठेक्कापट्टाको काम समेत गर्ने गरेकाले व्यावसायिक लेनदेनका कारण घटना भएको हुनसक्ने प्रहरीले बताएको छ ।

कपिलवस्तु नगरपालिका तौलिहवाका ३५ वर्षीय पाण्डेको पेट र कम्मरमाथि पेस्तोलको दुईवटा गोली लागेको छ । घाइते पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कपिलवस्तुमा माओवादी केन्द्रका नेतामाथि गोली प्रहार

प्रधानमन्त्री ओलीले बोलाए एमाले स्थायी कमिटी र

Leave a comment

Your email address will not be published. Required fields are marked *