मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नाम अब ‘मध्यपश्चिम विश्वविद्यालय’

सुर्खेत । कर्णाली प्रदेशको राजधाजी वीरेन्द्रनगर सुर्खेतमा केन्द्रीय कार्यालय रहेको मध्यपश्चिमाञ्चल विश्व विद्यालयको नाम अबदेखि मध्यपश्चिम विश्वविद्यालय हुने भएको छ ।
शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन २०७७ अनुसार मध्यपश्चिम विश्वविद्यालय ऐन २०६७ संशोधन भई ‘मध्यपश्चिमाञ्चल’ शब्दबाट ‘मध्यपश्चिम’ मा रुपान्तरण भएको विश्वविद्यालयले जनाएको छ ।
साथै, नाम परिवर्तन भए पनि र विश्वविद्यालयसँग थुप्रै मूल्य पर्ने साविककै नाम भएका लेटरप्याड, लोगो, झण्डा, उत्तरपुस्तिका तथा डिजिटल सम्पत्ती भएको हुँदा आर्थिक मितव्ययीता कायम गर्न केही समय उक्त सामग्रीहरु प्रयोगमै रहने विश्वविद्यालयले जनाएको छ ।
https://www.facebook.com/mu.edu.np/photos/a.559934367482402/2220411828101306/?type=3






