कर्नालीका सभासद हो ! तिमीहरु यतिसम्म खेलाडी हौला भन्ने मैले सोच्या थिइन ।

कर्नालीका सभासद हो ! तिमीहरु यतिसम्म खेलाडी हौला भन्ने मैले सोच्या थिइन । विचरा एमाल्या नेता यामलालजी मुख्यमन्त्री भा हेर्ने हाम्लाई आजभन्दा तीन बर्ष अघिदेखि नै चाहना भएर हाम्ले एमालेलाई दुई तिहाइ दिएको हो ।
दुई तिहाइभन्दा बढ्ता मत ल्याउँदानी हाम्रा नेतालाई मुख्यमन्त्री नदिँदा हाम्लाई त्यही बेलादेखि नै षडयन्त्रको गन्ध आथ्यो । २० सिटका मान्छे मुख्यमन्त्री नभएर १३ सिटका मान्छेलाई मुख्यमन्त्री बनाउँदा नै हाम्लाई रुम्की हाँसम् भाथ्यो ।
हाम्लाई के था त्यो १३ को अंकले हामीमाथि यतिठूलो बज्रपात गराउला भनेर । भन्न त भन्थे यो १३ को अंकले सधै दुख्ख र पीडै निम्त्याउँछ भनेर ! नभन्दै जबजब हाम्रा माननीय कँडेलजी मुख्यमन्त्री बन्न खोज्नुहुन्छ, तबतब कहिले ओली बाधक बन्ने, कहिले प्रचण्ड बाधक बन्ने । ल यो चोटी त लाइन क्लियर छ ।

पार्टियाँनी इलाङ्गभ्रष्ट उलाङ्गभ्रष्टभा छ । नेताहरुलाई कर्नालीतिर फर्केर हेर्ने फूर्सद पनि छैन । पार्टी नी फूट्याजस्तै छ भनेर महेन्द्रबहादुर शाहीकाविरुद्ध अविश्वासको प्रस्ताब पास गराउने अवसर यही हो भनेर हाम्रा नेतालाई मुख्यमन्त्री बनाउन बल गर भाई हो भनेर उचाल्या त आफ्नै सभासदहरुले थाहै नपाउने गरी थचारे ।
के साँच्चै हाम्रा नेता ललाटाँ मुख्यमन्त्री हुन नलेख्या हो त । कि त यो १३ को ग्रहले हाम्रो नेतालाई ठाडो उठ्नै नदिने हो । आफ्ना माननीयको संख्या हे¥यो २० छ । शत्रुको संख्यालाई ठाडै मिच्ने अंक हुँदाहुँदै नी मुख्यमन्त्री हुम्ला भनेर घराट लाएर गाको घाँटिको मालानी च्यातेर आउने अवस्था आएछि अब कल्लाई आफ्नो भन्ने के !
यो १३ को अंक मलाई जस्तै यामलालजीलाई नि नसुभ्ने भो । त्यसैले माननीयज्यू यो १३ को भूत कसरी फाल्ने हो फालौँ । अन्यथा जतिचोटी चुनाउ जितेनी मुख्यमन्त्री हुन नपाइने नै भो भने त्यस्तो चुनाउ लड्नु र जित्नुमा केको हर्ष बडाइँ भो र ? आगे तपाइँको मर्जि ।
वेदर्षि






