आफ्ना नागरिकलाई भारत भ्रमणमा नजान अमेरिकाको सुझाव

एजेन्सी । अमेरिकाले कोरोनाविरूद्धको खोप नलगाएका आफ्ना नागरिकलाई भारत नजान ट्राभल एड्भाइजरी जारी गरेको छ।

भारतमा कोरोना संक्रमण तीव्र रूपमा बढेपछि अमेरिकाले यस्तो कदम चालेको हो । यसअघि बेलायतले पनि भारतबाट आएकालाई आफ्नो देशमा प्रवेश नदिने घोषणा गरिसकेको छ। प्रधानमन्त्री बोरिस जोन्सनले भारत भ्रमण नै स्थगित गरिदिएका छन् ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलले अमेरिकी नागरिकलाई भारत यात्रा नगर्न सुझाएको हो । उक्त एड्भाइजरीमा अमेरिकी नागरिकले भारत यात्रा गर्नबाट हरहालतमा जोगिनुपर्ने उल्लेख छ ।

कोरोना महामारीबाट अहिले भारतको अवस्था निकै खराब भएको, खोपको पूरा डोज लिएका मानिसहरू पनि संक्रमित भएको र कोरोनाका विभिन्न भेरियन्ट फैलिएकाले भारत नजान त्यहाँको विभागीय नियामकले आग्रह गरेको हो । भारत जानैपर्ने भए खोपको पूरा मात्रा लिन, मास्क लगाउन र भीडभाडदेखि कम्तीमा ६ फिट दूरीमा रहन तथा हात धोइरहन निर्देश गरिएको छ ।

आफ्ना नागरिकलाई भारत भ्रमणमा नजान अमेरिकाको सुझाव

माधव नेपालसहित ३२ सांसदलाई एमालेले सोध्यो अन्तिम

आफ्ना नागरिकलाई भारत भ्रमणमा नजान अमेरिकाको सुझाव

कोरोना संक्रमितका लागि भारतमा अक्सिजन एक्सप्रेस रेल

Leave a comment

Your email address will not be published. Required fields are marked *