कोरोना संक्रमितका लागि भारतमा अक्सिजन एक्सप्रेस रेल

एजेन्सी । कोरोना संक्रमण तीव्र रुपमा बढेसँगै अक्सिजनको अभाव भएपछि भारतले अक्सिजन एक्सप्रेस रेल शुरू गरेको छ ।

सबैभन्दा बढी प्रभावित महाराष्ट्रसहित थुप्रै राज्यमा अक्सिजनको अभाव भएपछि भारतको रेल मन्त्रालयले अक्सिजन एक्सप्रेस रेल शुरू गरेको हो । अक्सिजनका विषेश डिब्बा भएको पहिलो रेल गएराति आठ बजेतिर मुम्बईबाट विशाखापटनमतर्फ प्रस्थान गरेको थियो ।

रेल मन्त्रालयका एक अधिकारीका अनुसार पहिलो रेल मुम्बईको कालम्बोली रेल्वे स्टेशनबाट खाली कंटेनर लिएर विशाखापट्टनमबाट अक्सिजन भरेर फर्किनेछ ।

मन्त्रालयले ७ डिब्बा भएको विशेष रेल तयार गरेको छ । हरेक डिब्बामा १६ मेट्रिकटन मेडिकल अक्सिजन आउनेछ। मन्त्रालयले यो रेलको आवतजावतलाई प्राथमिकता दिइने र यस्तै अर्को रेल पनि सञ्चालन तयारी थालेको जानकारी दिएको छ ।

यसैबीच भारतले १८ वर्षमाथिको सबैका लागि खोप कार्यक्रम शुरू गर्ने भएको छ। दैनिक लाखौँ संक्रमित थपिँदै गएपछि भारतले १८ वर्षभन्दा माथिका सबैलाई खोप दिन लागेको हो ।

आगामी मे १ गतेदेखि १८ वर्षमाथिका सबैलाई खोप शुरू गर्ने भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले तयारी गरेको छ। यसका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका खोप निर्माताहरूसँग विशेष बैठक गर्दैछन् ‌।

कोरोना संक्रमितका लागि भारतमा अक्सिजन एक्सप्रेस रेल

आफ्ना नागरिकलाई भारत भ्रमणमा नजान अमेरिकाको सुझाव

कोरोना संक्रमितका लागि भारतमा अक्सिजन एक्सप्रेस रेल

दोस्रो चरणको कोरोना : नेपालगन्जमा एक सातासम्म

Leave a comment

Your email address will not be published. Required fields are marked *