माधव नेपालसहित ३२ सांसदलाई एमालेले सोध्यो अन्तिम स्पष्टीकरण

काठमाडौं । नेकपा एमालेले नेता माधवकुमार नेपाल समूहका ३२ सांसदलाई स्पष्टीकरण सोधेको छ । संघीय २७ र कर्णाली प्रदेशको ५ सहित ३२ सांसदलाई स्पष्टीकरण सोधेको हो ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरण पत्रमा नेपाल समूहका सांसदहरुलाई एमालेको नाम र चिन्ह दुरुपयोग गरेर अलग पार्टी बनाउन खोजेको आरोप लगाएको छ ।

सांसदहरुलाई अन्तिम मौका भन्दै तीन दिनभित्र चित्तबुझ्दो जवाफ नफर्काए थप कारवाही हुनसक्ने चेतावनी समेत दिइएको छ । स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नआए बैशाख १० गते बस्ने केन्द्रीय कमिटीको बैठकले कारवाही गर्ने तयारी गरेको छ ।

पार्टीभित्र प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली एकलौटी चलेपछि नेता माधवकुमार नेपाल समूह कर्णाली प्रदेशबाट आक्रमक रुपमा प्रस्तुत हुन थालेको छ । यसअघि नै एमालेले नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी ६ महिनाका लागि कारवाही गरिसकेको छ ।

स्पष्टीकरण सोधेका नेताहरुको सूची :

१) माधवकुमार नेपाल

२) झलनाथ खनाल

३) भीम रावल

४) सुरेन्द्र पाण्डे

५) घनश्याम भुसाल

६) पवित्रा निरौला

७) झपट रावल

८) यज्ञराज सुनुवार

९) मेटमणि चौधरी

१०) जीवनराम श्रेष्ठ

११) विरोध खतिवडा

१२) सोमप्रसाद पाण्डे

१३) भवानी खापुङ

१४) नारायण खतिवडा

१५) जयकुमार राई

१६) गणेश पहाडी

१७) दीपकप्रकाश भट्ट

१८) योगेशकुमार भट्टराई

१९) हिराचन्द्र केसी

२०) पुष्पाकुमारी कर्ण कायस्थ

२१) कल्याणी खड्का

२२) लक्ष्मीकुमारी चौधरी

२३) सरलाकुमारी यादव

२४) कृष्णलाल महर्जन

२५) नीरादेवी जैरु

२६) मुकुन्द न्यौपाने

२७) रामकुमारी झाँक्री

कर्णाली प्रदेशका सांसद

१) प्रकाश ज्वाला

२) नन्दसिंह बुढा

३) कुर्मराज शाही

४) अम्बरबहादुर थापा

५) देवी ओली

माधव नेपालसहित ३२ सांसदलाई एमालेले सोध्यो अन्तिम स्पष्टीकरण

चितवनको तरकारीमा अत्यधिक विषादी

माधव नेपालसहित ३२ सांसदलाई एमालेले सोध्यो अन्तिम स्पष्टीकरण

आफ्ना नागरिकलाई भारत भ्रमणमा नजान अमेरिकाको सुझाव

Leave a comment

Your email address will not be published. Required fields are marked *