सञ्चालनमा आएनन् सहिद पार्कका ‘फोहोरा’

सुर्खेत । सहिद पार्क अर्थात वीरेन्द्रनगरको नयाँ पर्यटकीयस्थल । हिजोआज निकै चर्चामा छ । घना जंगल र शान्त वातावरणमा भित्र रहेको पार्क साँचिक्कै मनोरम छ । टिकटक र फोटोसेसनमा रहमाउने पर्यटकका लागि सहिद पार्क आकर्षक गन्तव्यका रुपमा स्थापित हुन थालेको छ ।

तर गुरुयोजना अनुसार पार्क पूर्णरुपमा निर्माण सकिएको छैन । बनस्पति उद्यान र चिल्ड्रेनपार्क (बाल बगैँचा) निर्माण भएका छैनन् । पार्कभित्र पर्यटक लोभ्याउन पाँचवटा पानीको फोहोराहरु छन् । तर आवश्यक क्षमतामा विद्युत आपूर्ति नहुँदा चार वटा फोहोरहरु सञ्चालनमा आउन सकेका छैनन । पार्कमा जम्मा ५ वटा फोहोराहरु निर्माण गरिएका छन् । विद्युतलाइन नहुँदा एउटा मात्रै फोहोरा सञ्चालनमा ल्याइएको छ ।

‘पार्कसम्म विद्युत लाइन छैन’ पार्क सञ्चालन गर्दै आएको भैरव सामुदायिक वन उपभोक्ता समितिका सह–सचिव कुमार पन्तले भने, ‘विद्युत अभावकै कारण चार वटा फोहोराहरु सञ्चालनमा ल्याउन सकेका छैनौँ ।’ फुलफेज (पूर्णक्षमता) मा एउटा फोहोरा सञ्चालन गर्न दुईसय हर्षपावर विद्युत आवश्यकपर्छ । तर पार्कसम्म लाइन पुगेको छैन ।

 

पार्क बनेपछि भैरव सामुदायिक आफै विद्युतको तार तानेर पार्कसम्म विद्युत पु¥याएको छ । तर टाढाबाट तार नानिएका कारण विद्युतको भोल्टेज पुग्दैन । भोल्टेजका कारण चारवटा फोहोराहरु सञ्चालनमा आउन सकेका छैनन् ।
पार्कमा हिजोआज सार्वजनिक विदाको समयमा एक हजारबढी र अन्य दिनमा दुईसयबढी पर्यटक आउने गरेका छन् ।

पाँच वटै फोहोरा सञ्चालनका आएको खण्डमा पर्यटक थप बढ्ने अपेक्षा छ । पर्यटकले पनि सबै फोहोराहरु सञ्चालन गर्न माग गर्दै आएका छन् । तर विद्युत अभावका कारण फोहोर सञ्चालनमा ल्याउन सकिएको छैन । यता विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रले भने अबको केही समयमै सहिद पार्कसम्म लाईन विस्तार गरिने जनाएको छ ।

‘सहिद पार्कसम्म विद्युत पु¥याउन पोल गाडिसकेका छौँ’ विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रका प्रमुख टंकराज गिरीले भने, ‘ केही दिनमै लाइन तान्ने काम सकिन्छ ।’ अबको केही हप्तामै पार्कसम्म विद्युत पु¥याउने गिरीले जनाए ।
प्रदेश प्राप्तिको आन्दोलनमा सहादत भएका चार सहितको सम्झनामा भैरव सामुदायिक वनको दुई हेक्टर क्षेत्रफलमा निर्माण गरिएको हो ।

एक करोड १३ लाख बजेटमा पार्क निर्माण गरिएको हो । तर गुरु योजना अनुसार पार्क निर्माण सम्पन्न भइसकेको छैन । गुरुयोजना अनुसार पार्कको पूर्ण निर्माण गर्न झण्डै आठ करोड रकम लाग्ने अनुमान गरिएको छ । पार्कको मर्मत तथा संरक्षणका लागि भैरव सामुदायिक बनले प्रतिव्यक्ति २० रुपैयाँ शुल्क लिने गरेको छ ।

जेष्ठ नागरिक तथा अपाङ्गलाई निःशुल्क, अध्ययन भ्रमणमा आएका पर्यटक र विद्यार्थीलाई ५० प्रतिशत छुट दिइने गरेको छ । प्रवेश शुल्कबाट उठेको रकमले सामुदायिक बनले पार्कको प्रवेशद्वारसम्म पुग्नको लागि सिडी निर्माण गरेको छ । करिव आठ लाख बजेटमा सिडी निर्माण थालिएको हो । सिडी निर्माणका लागि उपभोक्ता समितिले निःशुल्क योगदान (भोलेन्टियर काम) गर्दै आएका छन् ।

 

सञ्चालनमा आएनन्  सहिद पार्कका ‘फोहोरा’

कर्णालीको फ्लोर क्रसमा एमालेले माग्यो स्पष्टीकरण

Leave a comment

Your email address will not be published. Required fields are marked *