कर्णालीको फ्लोर क्रसमा एमालेले माग्यो स्पष्टीकरण

काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपालसहित आठ जनालाई स्पष्टीकरण माग्ने निर्णय गरेको छ । सोमबार बालुवाटारमा बसेको पार्टीको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने र गराउने आठ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

बैठकले पार्टी अनुशासन विपरित गतिविधि गर्न नेतृत्वदायी भूमिका खेलेको भन्दै माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई अन्तिम चेतावनीपूर्ण स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । त्यसैगरी कर्णालीमा फ्लोर क्रस गर्ने प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापालाई पनि दुई दिनभित्र जवाफ माग्नेगरी स्पष्टीकरण सोध्ने निर्णय भएको छ ।

 

उनीहरूले चित्तबुझ्दो स्पष्टीकरण नदिएमा १० गतेको बैठकले कारबाही गर्ने निर्णय एमालेले गरेको छ । स्पष्टीकरणको जवाफ प्राप्त भएपछि नेताहरूमाथि विधानबमोजिम थप कारवाही हुने अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

कर्णालीको फ्लोर क्रसमा एमालेले माग्यो स्पष्टीकरण

भारतमा रेकर्ड तोडिनेगरी संक्रमितको मृत्यु

कर्णालीको फ्लोर क्रसमा एमालेले माग्यो स्पष्टीकरण

सञ्चालनमा आएनन् सहिद पार्कका ‘फोहोरा’

Leave a comment

Your email address will not be published. Required fields are marked *