साझा चुनौतीमा अमेरिका र नेपालबीच सहकार्य छ । अमेरिकी विदेशमन्त्री

वासिङटन । अमेरिकी विदेशमन्त्री एन्थोनी व्लिन्केनले अमेरिका र नेपालबीचको ७५ वर्ष लामो मित्रवत् सम्बन्ध जनता–जनताबीचको प्रगाढताले मजबुत बनाएको बताएका छन्।

नेपालको संविधान दिवसका अवसरमा जारी गरेका विज्ञप्तिमा व्लिन्केनले अमेरिकी सरकार र अमेरिकी जनताका तर्फबाट नेपाल सरकार र नेपाली जनतालाई बधाई दिँदै विगत वर्षमा दुई देशले साझा चुनौतीको सामना गर्न सहकार्य गरेको स्मरणसमेत गरेका छन्।

साथै‚ उनले कोरोना भाइरसविरुद्धको लडाइँ र जलवायु परिवर्तनमा सँगै काम गरेको उल्लेख गरेका छन्। व्लिकेनले आफ्नो शुभकामना सन्देशमा सम्पूर्ण नेपालीलाई शुभकामनासमेत व्यक्त गरेका छन्। यसैबीच डिसीस्थित नेपाली दूतावासले समेत विविध कार्यक्रम गरी संविधान दिवस मनाउन लागेको छ।

साझा चुनौतीमा अमेरिका र नेपालबीच सहकार्य छ । अमेरिकी विदेशमन्त्री

आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो

साझा चुनौतीमा अमेरिका र नेपालबीच सहकार्य छ । अमेरिकी विदेशमन्त्री

असोज दोस्रो सातादेखि नयाँ लाइसेन्सको आवेदन खुल्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *