भीम रावल  : एमसिसीले प्रायोजित प्रचार चलाउन थाल्यो

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अमेरिकी परियोजना एमसिसीले प्रायोजित रूपमा प्रचार अभियान चलाउन थालेको बताएका छन्।

एमसिसीविरुद्ध कडा रूपले प्रतिवाद गर्दै आएका उपाध्यक्ष रावलले ट्वीटरमा लेखेका छन्, ‘नेपालको राष्ट्रिय हित र स्वाधीनता विपरीतका प्रावधान रहेको एमसिसीसँगको सम्झौताको पक्षमा प्रायोजित रूपमा एमसिसीले प्रचार अभियान चलाउने भनी केही दिनअघि संचारमाध्याममा आएको थियो। त्यो सत्य रहेछ।’

एमसिसी नेपालको राष्ट्रिय हित र स्वाधीनता विपरीतका प्रावधान रहेको उनले दाबी गरेका छन्।

‘एमसिसीको गुणगानमा प्रायोजित सामग्रीहरू संचार जगतमा देखिन थालेका छन्। नेपालीहरू सचेत बनौँ’ उनको भनाइ छ।

 

भीम रावल  : एमसिसीले प्रायोजित प्रचार चलाउन थाल्यो

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानलाई जन सेवाश्री पदक

भीम रावल  : एमसिसीले प्रायोजित प्रचार चलाउन थाल्यो

आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *