शेरबहादुर खड्का स्मृति प्रतिष्ठानलाई जन सेवाश्री पदक

काठमाडौं । संविधान दिवस २०७८ को अवसरमा सम्माननीय राष्ट्रपतिबाट शेरबहादुर खड्का स्मृति प्रतिष्ठान सम्मानित भएको छ ।

नेपाली खेलकुद विशेष गरि राष्ट्रिय खेल महिला भलिबलको विकास र विस्तारमा पुर्याएको योगदानको कदर गदै प्रतिष्ठान जन सेवाश्री पदकले राष्ट्रपतिबाट विभूषित भएको हो ।

प्रतिष्ठान स्थापना काल २०७० सालदेखिनै खेलकुद र सामाजिक कार्यमा सक्रिय रहदै आएको छ । प्रतिष्ठानले लगातार पाँचौ संस्कार सम्म राष्ट्रिय महिला भलिबल सम्पन्न गरि सकेको छ । खेलाडी तथा प्रशिक्षक सम्मानमा पनि प्रतिस्ठानले आफ्नो महत्वपूर्ण सहभागिता जनाउदै आएको छ ।

शेरवहादुर खड्का स्पेशल आवार्डबाट राष्ट्रिय महिला खेलाडीलाई आर्कषक नगद पुरस्कार सहित प्रतिष्ठानले एक महिला खेलाडीलाई प्रत्येक बर्ष सम्मान गदै आएको छ ।

यस बर्ष पनि नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाहिलाई नगद ५० हजारले यहि हप्ता सम्मान गर्ने कार्यक्रम रहेको छ । प्रतिष्ठानले ६ जना महिला खेलाडीलाई छात्राबृति प्रदान गदै आएको छ । प्रतिष्ठानले यस बर्ष राष्ट्रिय महिला भलिबलको छैटौं संस्करण माघ महिनामा आयोजना लक्ष्य राखेको प्रतिष्ठानले जानकारी गराएकोछ ।

तत्कालीन बालकोट गाउँ पञ्चायतमा लगातार १५ वर्ष प्रधान पञ्च हुदै नेपाल किसान संगठनको भक्तपुर जिल्ला अध्यक्ष समेत भएर बालकोटको पुलपुलेसो–बाटोघाटो,विद्यालय, बिजुलीबत्ती, खानेपानी लगायतका विकासको पूर्वाधार निर्माण महत्वपूर्ण भूमिका निर्वाह गरेका स्वर्गिय खड्काकी धर्मपत्नी गमली खड्का संरक्षक रहेका छन् ।

वहाँको सुपुत्र भलिबलका राष्ट्रिय खेलाडी बैंकर प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले प्रतिस्ठानको गतिविधिमा महत्वपूर्ण भूमिका निर्वाह गदै आएका छन् ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानलाई जन सेवाश्री पदक

नागरिकको मुहारमा खुसी ल्याउँछौँ : देउवा

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानलाई जन सेवाश्री पदक

भीम रावल  : एमसिसीले प्रायोजित प्रचार चलाउन

Leave a comment

Your email address will not be published. Required fields are marked *