प्रशासन कडाइ भएको भन्दै विद्यालयमा तालाबन्दी

दुर्गा विसि । सल्यानकाे पश्चिम क्षेत्रमा रहेको त्रिभुवन जनता माविमा केही विद्यार्थीले प्रअले विद्यालयमा कडाइ गरेको भन्दै तालाबन्दी गरेका छन् ।
विद्यालयकाे अनुशासन, नितिविधि उलंघन गर्ने,कक्षा काेठामा नवस्ने,माेवाइल वाेकेर विद्यालय जाने,कानमा मुद्रा लगाउने,विद्यालय समयमा आउँने जाने कुरा लामाे कपाल र ड्रेस लगाएतका कुरामा कडाइ भए पछि केही विद्यार्थीले प्रधानाध्यापक गुमान सिंह विष्ट विरुद्ध मोर्चाबन्दी गरेर विद्यालयमा ताला लगाए ।
ताला लगाएको आधा घण्टामै विद्यार्थीकाे ठुलो जमातले उक्त ताला ताेडेकाे छ । आफुहरु पढ्न पाउनुपर्ने भन्दै १ हजार विद्यार्थीकाे भिडले ताला फुटाएको थियोे । ताला लगाउने विद्यार्थीहरु भने प्रअको राजिनामा नआए सम्म ताला नखाेल्ने सर्त राखेका थिए । तर अन्य विद्यार्थीले भने गेटमा लगाएको ताला फाेरका थिए । ताला ताेडे पछि पठनपाठन सुचारु भएको थियोे ।

अब उपारान्त विद्यालय प्रशासनकै मातहतमा र नियमअनुसार विद्यार्थी शिक्षकले झन आवश्यक अनुशासन पालन गर्ने सहमति समेत भएको छ । दैनिक विद्यालय कम उपस्थित हुने विद्यार्थी माथि पनि कडाइ गरे पछि केही विद्यार्थी विराेधमा उत्रिएका थिए ।
प्रधानाध्यापक विष्टले माेवाइलमा प्रतिवन्ध लगाए पछि पहिले देखि त्यसता खाले विद्यार्थीले प्रअको चर्का विराेध गरेका थिए ।अभिभावक,प्रशासन,जनप्रतिनिधि,विद्यालय,राजनीति दलहरु विच वसेर छलफलका क्रममै विद्यार्थीहरुले आफ्ना खास समस्या नवताएको देखिन्थ्यो ।
सधैं अनुशासन पालन गर्न नमान्नेहरु वढि क्रोधीत देखिन्थे ।माग पत्र एकातिर थियोे भने छलफलका क्रममै विद्यार्थीकाे समस्या अर्कोतिर रहेको देखिन्थ्यो ।






