नयाँ बर्षको दिन जे माग्यो त्यै त्यै पाइन्छ रे !

नयाँ बर्षको दिन जे माग्यो त्यै त्यै पाइन्छ रे ! त्यही भएर मान्छेले नयाँ बर्ष लाग्नुको अघिल्लै दिनदेखि रातसाँझ मारामार गरेर फेसबुक र ट्वीटराँ शुभकामनाको ओइरो छुटाका हुन्छन् । तर के गर्नु ? भन्या जस्तो कइँभा को र पुग्या जस्तो देखिन्न ।

शुभकामनाले नै सबै परिभाँति पार्ने भए ग’को बर्ष मान्छेले के शुभकामना दिने बेलाँ र भैली खेल्ने बेलाँ ओलीबाले प्रचण्ड र माधवलाई लखेटा लाउन, मिलेर बाँडिचूँडिखा राज्या ढुकुटी खाने साइत ओलीलाई मात्रै मिलोस्, एकभा पार्टीलाई अदालतले दुई बनाइदेओस् , केपीबाले संसद विघटन गरेर छँदाखाँदा पार्टीलाई बैतरणी पार गराउन भन्ने शुभकामना कसैले द्या हुदाँ हुन् त ?

तर के गर्नु जति सदबुद्धि पलाओस् भनेर नयाँ सालाँ शुभकामना देनी नेताहरुको सदबुद्धि कहिले नपलाउने भो । छँदाखाँदा सरकार ढालेर रमिता गर्ने कइँनभा जात्रा हाँडिगाउँमा भन्याझैँ एउटै पार्टीका मान्छे कोही पूर्व हिन्ने अनि कोही पश्चिम हिन्ने पार्टी फुटेर दुई पनि नहुने जनतालाई बेबकुफ मात्रै बनाउने ।

जनता काँधाँ बन्दुक राखेर कहिले प्रचण्डले पड्काउने अनि कहिले ओलिबाले पडकाउने । संसारैमा नभा तमासा, अघिल्लो दिन पार्टी फे¥या नामाँ संसदाट पदमुक्त हुने भोलीपल्ट फेरि तिनै मन्त्री हुने के यिनि सबै नाटक र तमासा गर्न यीनीहरुलाई न त कसैले दशैंमा शुभकामना दे, न त तिहाराँ भैलो खेल्दा आशिर्वाद दे, न नयाँ सालाँ शुभकामना दे ।

खै त आशिर्वाद र शुभकामना नपाए नी नेताहरुले मनपरी गर्दा रैछन् । अनि त्यल्लाई कसैले रोक्न सक्दो रैनछ त । त्यसैले शुभकामना दिने नै होभने हाम्ले देश हाक्ने नेतालाई मात्रै यस्तो शुभकामना दिम् जुन शुभकामनाले नेताहरुमा सद्बुद्धि पलाओस्, देश र जनताको हितविरुद्ध कहिल्यै न हिनुन् ।

देश र जनतालाई टाट बनाउन राष्टमा भष्टाचारको होली नखेलुन्, विकास निर्माणका कामलाई आफ्नै छोराछोरी स्याहारेझैँ गरी स्याहारेर राखून् । ल है त मेरो तर्फाट नेताहरुलाई यस्तैयस्तै शुभकामना । अर्को बर्ष हेरम्ला है त शुभकामना द्याजस्तै गरी नेताहरले काम गर्दा रैछन्किनाइ । त्यसपछि बल्ल निस्केला शुभकामनाको अर्थ ।

वेदर्षि

नयाँ बर्षको दिन जे माग्यो त्यै त्यै पाइन्छ रे !

एम‍‍.सि.सि. ससुरालीकाे धन ।।

नयाँ बर्षको दिन जे माग्यो त्यै त्यै पाइन्छ रे !

प्रशासन कडाइ भएको भन्दै विद्यालयमा तालाबन्दी

Leave a comment

Your email address will not be published. Required fields are marked *