संक्रमण नियन्त्रण

कोरोना भाइरसका कारण विश्व नै त्रसित छ । अघिल्लो वर्षबाट फैलिएको महामारीबाट पछिल्ला केही महिना नागरिकले राहत महशुस गरेका थिए । तर कोरोनाको दोस्रो फेरि सुरु भएको छ । यसले सर्वसाधारणहरुमा पुनः आतंक सिर्जना गरिरहेको छ ।

अघिल्लो वर्ष न यसको औषधि थियो, न त खोप नै तयार भएको थियो । यसकारण पनि विश्व महामारीको चपेटामा परेको थियो । धेरै नागरिकले ज्यान गुमाए । अर्थतन्त्र नै धरासायी बन्यो । रोगले भन्दा भोकले मान्छेको मृत्यु भयो । नेपालमा पनि धेरैले रोजगारी गुमाए । विदेशबाट हजारौं नागरिक स्वदेश फिर्ता भए । एक हिसावले भन्दा महामारी चरम अवस्थामा पुग्यो ।

तर केही हदसम्म संक्रमण कम भएपछि लकडाउन खु्ल्यो । सामान्य बन्दै गएको जनजीवन विस्तारै लयमा फर्कदै थियो । तर फेरि कोरोनाको दोस्रो लहर सुरु भएको छ । यद्यपी यसबाट जोगिनका लागि सावधानी भने अपनाइएको छैन ।
यसपाली पनि गर्मी मौसम सुरु भएको छ । जाडोको तुलनामा गर्मीमा यसको संक्रमण बढी देखिएको छ । हिजोआज ठूला सहरहरुमा कोरोना संक्रमण बढेको छ ।

अझ विद्यालयमा बालबालिकाहरु बढी असुरक्षित देखिएका छन् । बालबालिका र शिक्षकहरु नै संक्रमित भइरहेका छन् । पछिल्ला दिनका तथ्यांकहरु केलाउँदा मृत्युदर पनि धेरै छ । यसले के देखाउँछ भने यसपाली पनि महामारी विस्तारै फैलिने खतरा बढेको छ । यसकारण यसलाई कसैले पनि हल्का रुपमा लिनु हुँदैन । अहिले नै आवश्यक सावधानी र सतर्कता नअपनाउने हो भने यसले महामारीको रुप लिन सक्छ । तसर्थ अहिलेबाटै यसबाट बच्नका लागि आवश्यक सावधानी, रोकथाम र अन्य उपायहरु अपनाउन आवश्यक छ ।

राज्यले नीतिगत रुपमा र आम नागरिकले व्यवहारमा यसविरुद्ध लड्नुपर्ने हुन्छ । राज्यको एकल प्रयासले मात्र महामारीबाट बच्न सम्भव छैन । अघिल्लो वर्ष स्थानीय तहको भूमिका महत्वपूर्ण थियो । स्थानीय तहको सक्रियता र प्रयासका कारण पनि महामारीसँग जुध्न सहज भयो । यसपटक पनि सबैको साझा प्रयास भयो भने महामारीबाट कम क्षति हुनेगरी अगाडि बढ्न सकिन्छ । अर्कोतर्फ यसपाली कोरोनाविरुद्धको खोप पनि उपलब्ध छ ।

विगतको तुलनामा नागरिकमा चेतना पनि बढेको छ । यसकारण यसपाली महामारी नियन्त्रण गर्न सहज भने छ । तर यसलाई सामान्य ठानेर गरिने लापरबाहीका कारण अवस्था गम्भिर बन्ने हो । यही कारण अहिलेबाटै सरसफाइबारे चेतना, स्वास्थ्य सावधानी, मास्कको नियमित प्रयोग, सामाजिक दुरी र सेनीटाइजरको प्रयोगलाई अनिवार्य बनाइनु पर्दछ ।

साथै राज्यले स्वास्थ्य उपचारका लागि आवश्यक पूर्वाधार र जनशक्तिलाई तयारी हालतमा राख्नै पर्दछ । यसो भएमा केही हदसम्म कोरोनाा महामारीसिवरुद्ध जुध्न सहज हुनेछ । महामारीको नाममा हुने कालोबजारी र मनोवैज्ञानिक आतकंलाई पनि रोक्न आवश्यक छ । शैक्षिक संस्थाहरुलाई अनलाइन विधिबाट नियमित गर्न आवश्यक छ ।

संक्रमण नियन्त्रण

प्रशासन कडाइ भएको भन्दै विद्यालयमा तालाबन्दी

संक्रमण नियन्त्रण

एमालेले माधव नेपालसहित २० नेतालाई अन्तिम स्पष्टीकरण

Leave a comment

Your email address will not be published. Required fields are marked *