एक क्विन्टल गाँजासहित तीनजना पक्राउ

हेटौंडा : मकवानपुरको हेटौंडा उपमहानगरपालिका १ स्थित सडकखण्डबाट एक क्विन्टल (१०० किलाे) गाँजासहित तीनजना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको विशेष टोलीले उनीहरुलाई गाँजासहित नियन्त्रणमा लिएको हो। ना २ ख ९८६२ नम्बरको ट्रकलाई रोकेर चेक गर्दा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

प्रहरीले चालकसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ट्रक चालक काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–५ का ४९ वर्षीय आइतेबहादुर ठाडामगर र मकवानपुरको कैलाश गाउँपालिका–१० का ३६ वर्षीय सविन भन्ने सुबिन रुम्बा र भीमफेदी गाउँपालिका–९ का ४१ वर्षीय ऐक्ला भन्ने राजकुमार तामाङ रहेका छन् ।






