एमाले विवाद समाधान कार्यदलको पहिलो बैठक आज बस्दै

काठमाडौं : नेकपा एमालेको विवाद समाधान कार्यदलको पहिलो बैठक आज बस्ने भएको छ । बैठक दिउँसो ३ बजे बस्ने ओली पक्षको तर्फबाट कार्यदलको नेतृत्व गरेका एमले संसदीय दलको उपनेता सुवासचन्द्र नेम्बाङले जानकारी दिए।उनले भने, ‘बैठक ३ बजे बस्ने कुरा भएको छ। तर, को को उपस्थित हुनुहुन्छ भन्नेबारेमा जानकारी छैन ।’

पार्टीभित्रको विवादले विभाजनको डिलमा पुगेपछि अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालले गत आइतबार कार्यदल गठन गरेका थिए। कार्यदललाई तीन दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको भए पनि पहिलो दिन बैठक नै बस्न सकेन। नेता नेपालको तर्फबाट कार्यदलको नेतृत्व गरेका भीम रावलको आँखामा समस्या भएपछि सोमबार बैठक नबसेको हो ।

कार्यदलमा दुवै पक्षका ५÷५ जना सदस्य बनाउने निर्णय गरेको छ। कार्यदलमा ओली पक्षबाट नेम्बाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन्।यस्तै, माधव पक्षबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट छन् ।

एमाले विवाद समाधान कार्यदलको पहिलो बैठक आज बस्दै

एक क्विन्टल गाँजासहित तीनजना पक्राउ

एमाले विवाद समाधान कार्यदलको पहिलो बैठक आज बस्दै

निर्णय कार्यान्वयन गर्न सक्दैन प्रदेश सरकार

Leave a comment

Your email address will not be published. Required fields are marked *