कर्णाली राजमार्गमा जीप दुर्घटना : दुईको मृत्यु

दैलेख : दुल्लु नगरपालिका–३ सियालामा जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ। जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको बा २० च ७१५ नम्बरको जिप दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठका अनुसार जिप मंगलबार बिहान साढे ६ बजे दुर्घटनामा परेको हो। ब्रेक फेल भई जिप कर्णाली राजमार्गबाट ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटना जुम्लाको गुटिचौर गाउँपालिका–४ का जिप चालक ३८ वर्षीय रामहरि न्यौपाने र गुटिचौर–२ की २७ वर्षीया लक्ष्मी न्यौपानेको मृत्यु भएको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए ।प्रहरीका अनुसार जिपमा दुईजना मात्र थिए। निषेधाज्ञाको बेला उक्त जिप कुन प्रक्रियाका लागि सुर्खेत जाँदै थियो भन्नेबारे जुम्लासँग समन्वय भइरहेको श्रेष्ठले बताए ।

कर्णाली राजमार्गमा जीप दुर्घटना : दुईको मृत्यु

बाफिकोट ६ मा ट्याक्टर दुर्घटना, एककाे मृत्यू

कर्णाली राजमार्गमा जीप दुर्घटना : दुईको मृत्यु

YUGAAWHAN NATIONAL DAILY (2078-02-04)

Leave a comment

Your email address will not be published. Required fields are marked *