बाफिकोट ६ मा ट्याक्टर दुर्घटना, एककाे मृत्यू

रुकुमपश्चिम । रुकुम पशिमको बाफिकोट गाउपालिका वडा नम्बर ७ मा ट्याक्टर दुर्घटना भएको छ । आज दिउसो ३ बजेतिर बाफिकोट ७ को दुलिंगामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ  । रा १ त ३८९५ नम्बरको ट्याक्टर डुङ्गा बोक्ने क्रममा दुर्घटना भएको प्रहरीको भनाई छ ।

मृत्यु हुनेमा बाफिकोट गाउपालिका वडा नम्बर ५ काडा घर भई वडा नम्बर ७ दुलिंगामा बस्दै आएका बर्ष १६ का आषिस केसीको घटना स्थल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिम प्रहरी निरीक्षक तथा सुचना अधिकारि कपिल शाहीले जानकारि दिए ।

घाईते हुनेमा मुसिकोट नगरपालिका ७ का २५ बर्सिय धन बहादुर बिक र बाफिकोट गाउपालिका वडा नम्बर ७ का १७ बर्सिय विजय अधिकारि रहेको सुचना अधिकारि शाहीको भनाई छ ।

घाईतेलाई जिल्ला अस्पताल सल्लेमा रिफर गरिएको छ । धन बहादुर बिकको अबस्था भने गम्भीर रहेको प्रहरीको भनाई छ । वडा नम्बर ६ को जिप्सीङ देखि दुलिंगा डुंगा ल्याउदै गरेको ट्याक्टर दुर्घटना भएको हो ।

बाफिकोट ६ मा ट्याक्टर दुर्घटना, एककाे मृत्यू

आर्थिक अनुशासन कायम गरी बजेट कार्यान्वयनमा जोड्

बाफिकोट ६ मा ट्याक्टर दुर्घटना, एककाे मृत्यू

कर्णाली राजमार्गमा जीप दुर्घटना : दुईको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *