सर्वोच्चका ९ इजलासमा सबै खाले मुद्दाको पेशी तोकियो

काठमाडौं : सर्वोच्च अदालतमा आजका लागि नौ इजलास तोकिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बुधबारका लागि दुई एकल र सात संयुक्त इजलास तोकेका हुन् ।
सर्वोच्च अदालतका अनुसार आज प्रधानन्यायाधीश जबराले आफ्नो लागि कुनै इजलास तोकेका छैनन् । आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।
यसैबीच नेपाल बार एशोसिएसनले आज पनि सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिएसम्म आन्दोलन नरोक्ने निर्णय गरेको छ ।







