कर्णालीमा एक करोड राशीको ‘कर्णाली प्रदेश पत्रकार कल्याण कोष’ स्थापना

सुर्खेत । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले एक करोड राशीको ‘कर्णाली प्रदेश पत्रकार कल्याण कोष’ स्थापना गर्ने निर्णय गरेको छ ।

कोरोना पीडित तथा विभिन्न समस्यामा परेका पत्रकारहरुको सहयोगको लागि नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले एक करोड राशीको कर्णाली प्रदेश पत्रकार कल्याण कोष’ स्थापना गर्ने निर्णय गरेको प्रदेशका सचिव दीपक बुढाले जानकारी दिए ।

सचिव दीपक बुढाका अनुसार उक्त कोषमा आफ्नो व्यक्तीगत तर्फबाट कोष स्थापनाका लागि १० ५० हजार पाँचसय र सचिवले सञ्चालन गदैँ आएको कर्णाली प्रदेशकै पहिलो रंगीन पत्रिका युगआव्हान दैनिकको तर्फबाट १५ हजार गरी जम्मा २५ हजार पाँचसय ५० रुपैँया जम्मा गरिसकेको बताए ।

त्यस्तै प्रदेश अध्यक्ष देविराम देवकोटाबाट १० हजार कोषमा जम्मा भईसकेको छ । त्यस्तै कोषमा सहयोगको लागि प्रदेश सरकार, स्थानिय तह, सहयोगि व्यक्तिहरूसग आग्रह गरिएको छ ।

कर्णालीमा एक करोड राशीको ‘कर्णाली प्रदेश पत्रकार कल्याण कोष’ स्थापना

गीता कपुरको सिउदोमा सिन्दुर ! फ्यानले गरे

कर्णालीमा एक करोड राशीको ‘कर्णाली प्रदेश पत्रकार कल्याण कोष’ स्थापना

अक्सिजन सिलिण्डर बोकेको जिप दुर्घटना

Leave a comment

Your email address will not be published. Required fields are marked *