दयाहाङ निर्देशिन नाटक ‘मितज्यू’ युट्युबबाट

अभिनेता दयाहाङ राईको निर्देशन रहेको नाटक ‘मितज्यू’ युट्युवबाट सार्वजनिक गरिएको छ । केही सातादेखि जारी निषेधाज्ञामा घरमै बस्न बाध्य सर्वसाधारणलाई हेर्न वातावरण मिलोस् भन्ने उद्देश्यले मण्डला थिएटर नेपालले पहिलोपटक आफ्नो पूर्णांकी नाटकलाई डिजिटल माध्यमबाट सार्वजनिक गरेको हो ।

सोमनाथ खनालद्वारा लिखित नाटक मितज्यू दुईजना वृद्धहरुले आफ्नो किशोरवयतिर फर्केर हेर्दा देखिने ‘फ्लाशब्याक’को कथा हो । नेपाली संस्कृतिमा लोकप्रिय रहेको मितेरी साइनोअन्र्तगत एक जोडा मितको अन्तरकुन्तर कथा यस नाटकमा प्रस्तुत गरिएको छ ।

मितेरी साइनोसँगै उनीहरुका अन्य सम्बन्ध, तिनका उतारचढाव र तिनीहरुले दुई मितको जीवनमा पारेको प्रभावलाई नाटकको घटनाक्रममा बुनिएको छ । पञ्चायतकालीन नेपालको पूर्वी भेगको कथालाई नाटकमा दुई वृद्धहरुको स्मृतिमार्फत वर्तमान समयमा भनिएको यो नाटकमा ‘फेन्टासी’को भरपूर उपयोग गरिएको छ तर फेन्टासीसँगै दुई वृद्धहरुको जीवनदर्शन पनि समेटिएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *