दमदाला गाउँभरि ज्वरोका बिरामी, स्थानीय तह बेखबर

जाजरकोट । कुशे गाउँपालिका–५ दमदालाका अधिकांश बासिन्दा एक सातादेखि बिरामी परेका छन् । ज्वरो आउने, रुघाखोकी, छाती दुख्नेलगायतका लक्षण देखिने बिरामीको संख्या बढिरहेको छ।

गाउँभरि ज्वरो र रुघाखोकीका बिरामी भएको स्थानीय भगवती चन्दले जानकारी दिइन्। उनका अनुसार दमदालामा मात्र ८० घरधुरी रहेकामा सबैलाई ज्वरो, रुघाखोकीले समस्याले हैरान बनाएको छ। कोरोना भाइरसको जस्तै लक्षण देखिएकाले स्थानीय त्रसित रहेको चन्दले बताइन् । ‘सामान्य ज्वरो, रुघाखोकी र टाउको नदुख्ने समस्या नभएको कोही छैन,’ उनले भनिन्, ‘बच्चादेखि वृद्धवृद्धा सबै प्रभावित छन्।’

स्थानीय सरकारले उपचारमा सहयोग नगरेको गुनासो स्थानीय कमल थापाको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले दमदालाका बासिन्दा ज्वरो र रुघाखोकीले थला परेको भन्ने सूचना आएको बताए। उनले कोरोना हो कि अन्य भाइरल रोग हो छिट्टै पहिचान गर्ने व्यवस्था मिलाइने उनको भनाइ छ।

त्यस्तै, गाउँपालिकाले कोरोना संक्रमितको संख्या बढ्दै गएकाले पालिकाबाट प्रवाह हुने सेवा बन्द भएको छ। गाउँपालिकाले आइतबार विज्ञप्ति जारी गरी सेवा बन्द भएको जनाएको छ।

दमदाला गाउँभरि ज्वरोका बिरामी, स्थानीय तह बेखबर

संक्रमितलाई सहज उपचार देऊ

दमदाला गाउँभरि ज्वरोका बिरामी, स्थानीय तह बेखबर

दयाहाङ निर्देशिन नाटक ‘मितज्यू’ युट्युबबाट

Leave a comment

Your email address will not be published. Required fields are marked *