भ्रष्टाचार आरोपमा ममता बनर्जीको पार्टीका चार नेता गिरफ्तार

एजेन्सी । नारदा स्टिङ मामिलामा छानबिन गरिरहेको भारतको केन्द्रीय अनुसन्धान विभागले पश्चिम बंगालका चार नेतालाई गिरफ्तार गरेको छ। गिरफ्तार भएका सबै नेता मुख्यमन्त्री ममता बनर्जीको पार्टी त्रिणमूल कांग्रेस (टीएमसी) का हुन्।

पश्चिम बंगाल सरकारको क्याबिनेटका दुई मन्त्री फिरहाद हकीम र सुब्रत मुखर्जी पनि गिरफ्तारीमा परेका छन्। केन्द्रीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का नेता एवम् पूर्वमन्त्री शोभनदेव चटर्जी र त्रिणमुलका विधायक मदन मित्रलाई पनि सीबीआईका अधिकारीहरूले समातेका छन्। शोभनदेव त्रिणमूल छाडेर हालै भाजपामा प्रवेश गरेका नेता हुन्‌।

राज्यपाल जगदीप धनखडले पक्राउ परेको नेताहरूविरुद्ध आरोपपत्र दायर गर्न अनुमति दिइसकेका छन्। यता, बनर्जीको पार्टी टीएमसीले सीबीआईले नेताहरूलाई गैरकानूनी रुपमा गिफ्तार गरेको प्रतिक्रिया दिएको छ।

सो पार्टीका प्रवक्ता कुणाल घोषले कुनै सूचनाबिना नै नेताहरूलाई गिरफ्तार गरिएको बताएका छन्। साथै, यही मामिलामा दोषी भनिएका भाजपाका नेताद्वय मुकल राय र शुभेन्दु अधिकारीलाई भने गिरफ्तार नगरिएकोप्रति त्रिणमूलले आपत्ति जनाएको छ।

बनर्जीले राज्यपाललाई यी नेताहरू गिरफ्तार गर्न स्वीकृति दिने अधिकार नभएको तर्क गरेकी छिन्। तृणमूल कांग्रेसका प्रभावशाली नेताहरूले शक्ति दुरुपयोग गर्दै घुस लिएर निजी कम्पनीलाई गैरकानुनी काम गर्न दिएको आरोप लागेको छ। भारतीय पत्रिका तहल्काले यो भ्रष्टाचार काण्डबारे समाचार सार्वजनिक गरिदिएको थियो।

भ्रष्टाचार आरोपमा ममता बनर्जीको पार्टीका चार नेता गिरफ्तार

भारतले कोरोनाविरुद्धको औषधि बनायो, आजदेखि प्रयोगमा

भ्रष्टाचार आरोपमा ममता बनर्जीको पार्टीका चार नेता गिरफ्तार

सुदूरपश्चिम प्रदेशमा सङ्क्रमण दर ५१ प्रतिशत

Leave a comment

Your email address will not be published. Required fields are marked *