भारतले कोरोनाविरुद्धको औषधि बनायो, आजदेखि प्रयोगमा

एजेन्सी । भारतले आज पहिलो पटक कोरोनाविरुद्धको औषधि प्रयोगमा ल्याउने भएको छ। केन्द्रीय रक्षामन्त्री राजनाथ सिंहले आज २–डीजी नामको औषधि प्रयोगको सुरुवात गर्दै छन्।

यो अ‍ौषधि त्यहाँको रक्षा अनुसन्धान तथा विकास संगठन डीआरडीओले बनाएको हो। यो औषधिलाई भारतको औषधि महानियन्त्रक डीजीसीआईले आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ।

राजनाथ सिंहले ट्विट गर्दै यो औषधि डीआरडीओको इन्स्टिच्युट अफ न्यूक्लियर मेडिसिन एण्ड अलाएर साइन्सेज इनमासले डाक्टर रेड्डिज ल्याब्रोटेरिजसँग मिलेर बनाएको जानकारी दिए।

२–डीजी औषधिले बिरामीलाई अक्सिजनमाथिको निर्धरता कम गर्ने बताइएको छ। भारतमा दोस्रो लहरको कोरोना संक्रमणमा सबैभन्दा धेरै अक्सिजनको अभाव झेल्नु परेको थियो।

राजधानी दिल्लीसहित देशका कयौँ राज्यमा अक्सिजनको अभावमा कोरोनाका बिरामीहरुले ज्यान गुमाउनु परेको छ। अक्सिजनको अभावमा बिरामीको मृत्यु हुन थालेपछि विश्वका थुप्रै देशले भारतलाई अक्सिजन र अक्सिजन सिलिण्डर सहयोग गरेका थिए।

यसअघि कोरोनाका संक्रमितहरुलाई रेम्डेसिभिर औषधि प्रयोग गरिँदै आएको छ। यो औषधिले संक्रमणमुक्त हुने अवधि घटाउने विश्वासमा प्रयोग गरिएको हो।

भारतले कोरोनाविरुद्धको औषधि बनायो, आजदेखि प्रयोगमा

इजरायली हवाई आक्रमणबाट १८८ प्यालेस्टाइनीको मृत्यु

भारतले कोरोनाविरुद्धको औषधि बनायो, आजदेखि प्रयोगमा

भ्रष्टाचार आरोपमा ममता बनर्जीको पार्टीका चार नेता

Leave a comment

Your email address will not be published. Required fields are marked *