सपथविरुद्धका रिट सर्वोच्चमा दर्ता, पेशी भोलि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै मन्त्रीलाई पुनः शपथ गराउन माग गर्दै दायर गरिएको रिट सर्वोच्च अदालतमा सोमबार दर्ता भएको छ।
अदालत प्रशासनले रिट दर्ता गरेको बरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले जानकारी दिए। संविधानको धारा ८० मा ‘प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीले राष्ट्रपति समक्ष तथा राज्यमन्त्री र सहायक मन्त्रीले प्रधानमन्त्री समक्ष आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानुन बमोजिम पद तथा गोपनीयताको सपथ लिनुपर्ने’ उल्लेख छ।
तर अहिलेसम्म संघीय कानून नै नबनेकाले कानुन निर्माण गरी पुनः सपथ ग्रहण गर्न रिटमा माग गरिएको बरिष्ठ अधिवक्ता ज्ञवालीले बताए ।
‘संविधानमा संघीय कानुन बमोजिम सपथ लिनुपर्ने भनिएको छ, कानुन अहिलेसम्म बनेको रहेनछ, ज्ञवालीले भने, हामीले कानुन निर्माण गरी पुनः प्रधानमन्त्री र सबै मन्त्रीले सपथ लिनुपर्ने माग गरको छौं।’






