ओलीबाले नयाँ बर्षा भोलिपल्टै फेरि जनताका छोराछोरीलाई चुतिया बनाउने काम गरे

ओलीबाले नयाँ बर्षा भोलिपल्टै फेरि जनताका छोराछोरीलाई चुतिया बनाउने काम गरे । अल्ली पैला कता हो नागरिक एप भन्ने ल्याएर यो एपबाट नेपालीले सारा सुविधा पाउने भए, यो उपलब्धि भन्या सरकारको ठूलै उपलब्धि हो भनेर प्रचारबाजी गरे । तर त्यसको २/४ दिनाँ त्यो एप्सले कामै गरेन भनेर सरकारले नै घोषणा ग¥यो ।

हाम्ले ओलीबाको जयहोस् भनिम् । नागरिक एप भन्ने नै भूलिम् । अहिले फेरि नयाँ साल लाग्न पाउँदा नपाउँदै ओलीबाले जग्गा दलालहरुको पेटाँ लात हान्ने गरी ‘मेरो कित्ता’ भन्ने एप लेर आउनु भो । त्यसले काम गर्ने कुरो अहिले आछ । काम शुरु गरिन्जेल कति जिल्लाँ गर्ने हो था छैन ।

अहिल्या आधुनिक र डिजिलाइजेसनको दुनियाँ नि एउटा एप्स जारी गरेर सारा संसारै हाँस्ने गरी बहुत ठूलो काम गरेँ भनेर नाक ठाडो बनाउँदै हिन्ने प्रधानमन्त्रीका कुरा सुनेर विदेशीहरुचाइँ मुख छोपिछोपी हाँस्छन् कि जस्तो लाग्न थाल्यो हो अब त ।

जुन मुलुकाँ विजुली आउने र जानेको ठेगान छैन, त्यो मुलुकाँ विजुलीको भराँ गर्नुपर्ने कामले कतिसम्म सफलता पाउला ? त्यतातर्फ ध्यान नदेरै प्रधानमन्त्रीका दिब्य वाणि सुन्नु पर्दा अब त कान पनि पाक्न थालि सके ।
माधव नेपाल र प्रचण्डको कमजोरीको फाइदा लिँदै बेतुकका काम गर्दै हिन्दै गर्ने काम ओलीबाट जुन रफ्ताराँ भा छ ।

 

त्यो स्वयंम् न त ओलीबाका लागि उत्पादक छ, न त अरुका लागि । न त फुटने, न त जुटने खेल खेलाएर देशलाई अनिर्णयको बन्दी बनाउने काम ओलीबाट जसरी भाछ, त्यो कसैका लागि हितकर छैन । तर पनि ओलीबा आफूले ग¥या काम नै गज्जब छ भन्दै हिन्नुहुन्छ ।

प्रधानमन्त्रीका नाताले गर्नेकाम नि गर्ने, नगर्ने काम नि गर्ने परिपाटिको जुन सिलसिला शुरुभा छ । यल्ले देशलाई अपराधिहरुको थलाँ परिणत गरिरा छ । हेर्दै जाम ओलीबाको आगे के के मर्जि चल्छ । अरिङ्गालको खेति गरेर बस्या मान्छेलाई केको डर ?

ओलीबाले नयाँ बर्षा भोलिपल्टै फेरि जनताका छोराछोरीलाई चुतिया बनाउने काम गरे

कर्णालीमा देखायौँ, अब संघीय सरकार पनि परिवर्तन

ओलीबाले नयाँ बर्षा भोलिपल्टै फेरि जनताका छोराछोरीलाई चुतिया बनाउने काम गरे

शिवले प्रेम प्रस्ताव राखे चन्दुले सहजै स्वीकार

Leave a comment

Your email address will not be published. Required fields are marked *