कर्णालीमा देखायौँ, अब संघीय सरकार पनि परिवर्तन गछौँ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सरकार मात्रै नभएर संघीय सरकार परिवर्तनको तीव्र तयारी भइरहेको बताएका छन् ।

शैक्षिक अभियान तथा दोस्रो र तेस्रो संयुक्त प्रदेश परिषद् उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘कर्णाली त भइसक्यो । तपाईहरूले पनि देख्नुभएको छ । हामीले गण्डकी र लुम्बिनी प्रदेशमा पनि नयाँ सरकार गठनको प्रक्रियामा छौँ । प्रदेशमा मात्रै नभएर केन्द्रीय सरकार परिवर्तनको लागि पनि यहाँबाट सिधै त्यही छलफलमा जानुपर्ने छ ।’

पार्टी एकताको विचार र भावनालाई प्रभावकारी बनाएर समाजवादको लक्ष्यमा लाग्दा ठूलो षड्यन्त्र भएको बताए । उनले भने, ‘केपीले पार्टी विभाजन गर्नतिर पहिल्यैदेखि लागेका थिए । हामीले नचाहँदा नचाहँदै अहिलेको अवस्थामा आयो। मेरो अध्यक्षतामा पहिलो केन्द्रीय समितिको बैठक बसेपछि त्यो प्रभावकारी भयो ।

९५ प्रतिशतले त्यसको नेता भेटियो भनेका थिए । ओली गुटको बाहेकले त्यसलाई स्वीकार गरेनन् र त्यहीबाट गुटबन्दीमा लागिरहे ।’ ओलीको प्रतिगमनकारी कदमलाई सबै लागेर परास्त गरेको उनले बताए। अलिकति मात्रै नैतिकता भए ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने उनले बताए ।

उनले भने, ‘केन्द्रीय समितीको बैठक बसेर ७० प्रतिशत बहुमतका साथ कारवाही गरेको थियौँ। त्यो आधिकारिक वैधानिक थियो। पुरानो नजिरलाई हेर्दा ५० प्लस एक हुनासाथ त्यो बहुमत हुन्छ। तर, हामीलाई अविलम्ब पार्टीको आधिकारिकता दिन माग गर्दा समेत परसम्म पुग्नेगरी टारियो ।’

ओली बहुमतको साथ दल नेताबाट हटाएपछि संवैधानिक र कानुनी रुपमा ओली प्रधानमन्त्रीबाट हट्नुपर्ने उनले बताए। ‘संसदीय दलको नेताबाट हटाएको सचिवालयमा दर्ता गरेर फर्किदै गर्दा अदालतले अर्को राजनीतिक निर्णय गरिदियो। जसमा पार्टी दुईवटा बनाइदियो’ उनले भने । कम्युनिष्ट एकता गरेर समाजवादको लक्ष्यमा जान खोज्दा ओली षड्यन्त्र गरेर भाडभैलो मच्चाएको आरोप लगाए। पार्टी एकता गरेर गल्ती नगरेको भन्दै अहिले पनि वामपन्थी एकतालाई एकजुट बनाएर जानेतर्फ रहेको बताए।

कर्णालीमा देखायौँ, अब संघीय सरकार पनि परिवर्तन गछौँ : प्रचण्ड

‘फ्लरक्रस’ गर्ने एमाले सासदलाई पार्टी सदस्यबाट हटाउन

कर्णालीमा देखायौँ, अब संघीय सरकार पनि परिवर्तन गछौँ : प्रचण्ड

ओलीबाले नयाँ बर्षा भोलिपल्टै फेरि जनताका छोराछोरीलाई

Leave a comment

Your email address will not be published. Required fields are marked *