बालुवाटारमा सुरु भयो सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको हो ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरलगायत संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको नेताहरू सहभागी छन् ।
तर, सरकारलाई समर्थन गरिरहेको माओवादी केन्द्रले भने बैठकबारे जानकारी नभएको भन्दै सहभागी भएको छैन । समसामयिक राजनीति, संसद् अधिवेशन, कोरोना भाइरसको महामारीलगायतका विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई बोलाइएको हो । प्रधानमन्त्री ओलीले यसअघि गत मंसिर २३ मा पनि सर्वदलीय बैठक आह्वान गरेका थिए ।






