विद्युतीय चुलो र विद्युतीय बस सञ्चालनमा जोड दिँदै सरकार

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युतीय चुलो र विद्युतीय बस सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्ने बताएका छन् । मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)को १९ र २० औँ साधारणसभामा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो जानकारी दिएका हुन्  ।

प्रधानमन्त्री देउवाले देशभर विद्युतीय सामग्रीको प्रयोग गरी देशलाई नमुना बनाउनुपर्नेमा जोड दिए  ।

उनले भने, ‘हामीले किन यो ग्यासको चुलो बाल्ने रु हामीसँग यति विद्युत् छ कि हामी ब्याट्रीबाट गाडी चलाउन सक्छौँ। बस चलाउन सक्छौँ । हाम्रो चुलो पनि इलेक्ट्रिक चुलो हुन सक्छ। हामी बिस्तारै यता जानुपर्छ ।’

त्यस्ता क्षेत्रमा आउने उद्यमी र व्यापारीलाई सहयोग गर्न तयार भएको प्रधानमन्त्री शेरबहादुर देउवाले स्पष्ट पारे । उनले देशभर विद्युतीय बस चलाउन सके नेपाल नमुना बन्न सक्ने दाबी गरे ।

उनले ऊर्जा उत्पादकले खल्तीमा लाइसेन्स लिएर काम नगर्ने गरेको भन्दै काम गर्न पनि आग्रह गरे  ।  उनले भने‚ ‘लाइसेन्स लिएर मात्रै भएन काम पनि गर्नुपर्‍यो। तपाईंहरूलाई हामी सहुलियत दिन तयार छौँ  । नेपाललाई नमुना देश बनाउन सक्यौँ भने हामीले लिडिङ रोल लिन सक्छौँ ।’

विद्युतीय चुलो र विद्युतीय बस सञ्चालनमा जोड दिँदै सरकार

कर्णालीमा बन्द गराउँदै हिँड्ने विप्लवका २० जना

विद्युतीय चुलो र विद्युतीय बस सञ्चालनमा जोड दिँदै सरकार

मन्त्री भुसाल : निजी क्षेत्रलाई पनि विद्युत्

Leave a comment

Your email address will not be published. Required fields are marked *