कार्यालय समयमा चालक अनुमतिपत्रको अनलाइन आवेदन भर्न नपाइने

काठमाण्डौ : सेवाग्राहीले कार्यालय समयमा चालक अनुमतिपत्रको अनलाइन आवेदन भर्न नपाउने भएका छन् ।

प्रणालीमा चाप बढी भएकाले तत्कालका लागि बिहान १० देखि अपराह्न ५ बजेसम्मका लागि सेवा चालु नगरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

देशभरका यातायात व्यवस्था कार्यालयहरूले यही प्रणालीबाट काम गर्ने र सेवाग्राहीले फारम भर्दा दोहोरो लोड भएको विभागको विज्ञप्तिमा उल्लेख छ ।

अहिले प्राविधिकले लोड ब्यालेन्सका लागि काम गरिरहेका विभागले जनाएको छ । विभागका अनुसार सेवाग्राहीले यो हप्ता बिहान र बेलुकामात्रै फारम भर्न पाउने भएका छन् ।

सेवाग्राहीले अनलाइन फारम भरेपछि फोटो खिचाउन, मेडिकल रिपोर्टलगायत कामका लागि कार्यालयमा जानुपर्छ ।

देशभरका १२ कार्यालयमा दैनिक लाखौँ सेवाग्राही आइरहेको र त्यो चापले गर्दा प्रणालीमा समस्या आएको विभागले जनाएको छ ।

विभागले गएको वर्षदेखि अनलाइन आवेदन सुरु गरेको थियो।

कार्यालय समयमा चालक अनुमतिपत्रको अनलाइन आवेदन भर्न नपाइने

रुकुम पशिमको डीग्रेमा मेला सुरु

कार्यालय समयमा चालक अनुमतिपत्रको अनलाइन आवेदन भर्न नपाइने

आज सुनको भाउ  ५ सय रुपैयाँले बढ्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *