नगरपालिकाँ बहुमत भनेको कमिनिष्टकै छ

विगत ३ बर्षदेखि बाटा उधारेर सास्तीद्या करनाली सरखारले वीरेन्द्रनगरका केइ ठाउँका सडक बनाउने काम पूरा ग¥याछ । ग¥या कुराको ताली पिटेर समर्थन गर्नैपर्छ । तर बजार आउने जाने र सरखारी कार्यालय आउजाउ गर्ने वीरेन्द्रनगरको बुद्धपथ नामको सडकलाई चाइँ सौतेनि ब्यबहार गरेर बाटोलाई पुरानै र जिर्ण अबस्थाँ छोड्या देख्दा अचम्म लायो ।
करनालीको राजधानी र टेम्पैटेम्पोको शहरले जानिने वीरेन्द्रनगरका सडक मान्छे र यातायातको संख्यामा भाको वृद्धिले साँगुरा बन्दै गा छन । त्यै कुरालाई ध्यानदेर सरखारले बाटाको चौडाइ बढाएर कालो पत्रे गरि रहँदा बुद्धपथको सडकमा दृष्टि नपुग्दा बुद्धपथबासीले आँफूमाथि सौतेनि ब्यवहार भएको महसुस गरि रहेका छन ।
नगरपालिकाँ बहुमत भनेको कमिनिष्टकै छ । आँफूलाई निकै चल्तापूर्जा सम्झने उपमेयर मोहन मायाँजूनै कार्यबाहक मेयरमा विराजमान भएर स्थानीय सरकार हाँकिरहनुभाथ्यो र हाँक्दै हुनु हुन्छ । विचरा काँगे्रसका मेयर भनेका रबर स्ट्याम्प हुन र उनी काम गर्दा जनतालाई अप्ठेरो नपरोस भनेर कुनैपनि काम गर्न मान्दैनन रे नगरपालिकासित सम्बद्ध नेताहरु त्यै भन्नु हुन्छ ।

जव मेयर काम गर्न र वजेटहाल्न मान्नु हुन्न भने तिनि जनताको जिम्मा पनि त उप मेयर र ह्वाँकै पाटिले त लिनु पर्ला । उपमेयरले आँफूले प्रतिनिधित्व ग¥या वडा सडक जति सब्बै कालोपत्रे गरेर सक्ने तर काँगे्रसले जित्या वडाभनेर बुद्धपथ सडकको हरिविजोग बनाउन काँ पाइयो त ।
ऐले सबैतिरका बाटा ठूला र चौडा बनाएर सडकाँ दन्दन्ति गाडि गुडने तर बुद्धपथाँ भने उहि पुरानो ६ मिटरको बाटाँ गाडिजाम गराएर रमिता हर्ने हो भने ती जनताले नेता कल्लाई मान्ने हो के । मेयर साबले त म गर्दिन भनेर हात उठाउनु भो ह्वाँको हुति हेरियो ह्वाँबाट केइ हुँदानि हुन्न ह्वाँले गर्दानि गर्नु हुन्न अब ह्वाँले गर्नु भएन भनेर गुनासो गर्ने ठाउँपनि छैन ।
ह्वाँमा काम गर्ने कुनै उत्साहा र जाँगरै छैन त अब मेयरले गर्नु भएन भनेर गुनासो गर्नु बेकार छ भनेर काँगे्रसकै वडाप्रतिनिधिहरु गुनासो गर्न थाले छि अब काम गर्ने जिम्मा त उप मेयरले लिनु परोनि । आखिर त्यो सडक छेउछाउमा कमिनिष्टनित बस्छन होला ।
त्यतिमात्रै नभएर उपमेयरलाई राजनीति गर्ने मन छ भने बुद्धपथका घरघर पसेर यो सडक म बनाउँछु म वा मेरो पाटिलाई भोट दिनुहोला भनेर जनतालाई कबुल गर्न लाएर बाटाँ रकम हालेर २ मैनाँ सडक चौडागरी पिच गरेर देखाइदे भैगो नि हैन र उपमेयर साहेब । आखिर तिनरुनि जन्तै हुन क्यारे । बेदर्षी






