लण्डनमा आयोजित बाफ्टा फिल्म अवार्डको रेड कार्पेटमा प्रियंकाको ‘रेड हट लुक’

एजेन्सी । आइतबार लस एन्जेल्स र लण्डनमा ब्रिटिश एकेडेमी फिल्म अवार्ड –२०२१ आयोजना गरियो ।

लण्डनमा आयोजित अवार्ड कार्यक्रममा ३८ वर्षे बलिउड नायिकाको रेड हट अवतार देख्न पाइयो । उक्त कार्यक्रममा प्रियंका चोपडाले रातो इम्ब्रोइडरी गरिएको ज्याकेट र ट्राउजर लगाएकी थिइन् ।

प्रियंकाको उक्त लुक कार्यक्रमको थिमसँग ठिक मेल खान्थ्यो । यसपटक कार्यक्रमको थिम ‘सिलौटेज एण्ड स्टाइल्स’ राखिएको थियो ।

उक्त कार्यक्रममा रेने जेलवेगर, फोबी डिभेनर, एना केन्ड्रीकको लुक विशेष चर्चामा रहे ।

बेलायतमा आयोजित कार्यक्रममा द डुक अफ केम्ब्रिज, राजकुमार विलियम्स पनि उपस्थित हुने कार्यक्रम थियो । तर द डुक अफ एडिनबर्ग, राजकुमार फिलिप तथा विलियम्सका हजुरबुवाको निधन पछि उनी कार्यक्रममा उपस्थित भएनन् । राजकुमार विलियम्स बाफ्टाका अध्यक्षसमेत हुन् । उनले भिडियोमार्फत् एक भाषण दिनुपर्ने कार्यक्रम थियो ।

लण्डनमा आयोजित बाफ्टा फिल्म अवार्डको रेड कार्पेटमा प्रियंकाको ‘रेड हट लुक’

ललितपुर पुगेका प्रचण्डलाई प्रधानमन्त्री ओलीको फोन

लण्डनमा आयोजित बाफ्टा फिल्म अवार्डको रेड कार्पेटमा प्रियंकाको ‘रेड हट लुक’

फिल्मकर्मीले संचालनमा ल्याए नेशनल इएनटी सेन्टर

Leave a comment

Your email address will not be published. Required fields are marked *