सर्वोच्च अदालतका न्यायाधीशहरूले कानुन व्यवसायीसँग परामर्श थाले

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामाको पक्षमा रहेका सर्वोच्च अदालतका न्यायाधीशहरूले आन्दोलनरत कानुन व्यवसायीसँग परामर्श थालेका छन्।

प्रधानन्यायाधीश राणाले सोमबार विज्ञप्ति जारी गर्दै कानुन व्यवसायीलाई संवादका लागि आह्वान गरेलगत्तै असन्तुष्ट न्यायाधीशहरूले आन्दोलनरत नेपाल बार एशोसिएसन र सर्वोच्च बारका पदाधिकारीसँग परामर्श गरेका हुन्।

उनीहरूबीच न्यायालयभित्र देखिएको समस्या समाधानबारे छलफल भएको बताइएको छ। प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै सर्वोच्चका न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आएका छन् भने बार एशोसिएसनले धर्ना र प्रदर्शन गर्दै आएको छ।

राणाको विज्ञप्तिपछि आन्दोलनरत नेपाल बार एशोसिएसन, सर्वोच्च बार एशोसिएसनका पदाधिकारीहरू र बरिष्ठ अधिवक्ताहरूले पनि छलफल गरेका छन्।

सर्वोच्च बारका सचिव ऋषि घिमिरेले राणाको विज्ञप्ती आइसकेपछि औपचारिक धारणा तय गरेर हाम्रो तर्फबाट पनि विज्ञप्ती निकाल्न छलफल भएको बताए। प्रधानन्यायाधीशविरुद्धको आन्दोलनका कारण कार्तिक दोस्रो सातादेखि सर्वोच्चमा मुद्दाको सुनुवाइ प्रभावित भइरहेको छ।

सर्वोच्च अदालतका न्यायाधीशहरूले कानुन व्यवसायीसँग परामर्श थाले

आईसीसी टी ट्वान्टी विश्वकपको टिम अफ द

सर्वोच्च अदालतका न्यायाधीशहरूले कानुन व्यवसायीसँग परामर्श थाले

शेयर बजार २६ अङ्कभन्दा धेरैले बढ्यो, चार

Leave a comment

Your email address will not be published. Required fields are marked *