आईसीसी टी ट्वान्टी विश्वकपको टिम अफ द टुर्नामेन्ट सार्वजनिक

काठमाडौं : आईसीसी टी(ट्वान्टी विश्वकप क्रिकेटको टिम अफ द टुर्नामेन्ट सार्वजनिक भएको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सोमबार विश्वकपको टिम अफ द टुर्नामेन्ट सार्वजनिक गरेको हो । आईसीसीले सार्वजनिक गरेको विश्वकपको उत्कृष्ट टिमको कप्तानमा पाकिस्तानका बाबर आजम रहेका छन् ।
टिममा सर्वाधिक धेरै खेलाडी च्याम्पियन टिम अष्ट्रेलियाका रहेका छन् । आइतबार राति भएको फाइनलमा न्युजिल्याण्डलाई हराएर अष्ट्रेलियाले पहिलो पटक विश्वकपको उपाधि जितेको थियो ।






