अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ समकक्षी सीबीच भर्चुअल बैठक

काठमाडौं : अमेरिका र चीनबीच लामो समयदेखि विभिन्न मुद्दामा जारी गतिरोधबीच आज अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भर्चुअल बैठक हुने भएको छ ।

यी दुई शक्तिशाली देशले गत साता स्कटल्याण्डको ग्लास्गोमा भएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि साझा सहमति गरेका थिए । तर‚ व्यापारका विषयमा शीतयुद्धमा रहेका दुई देशबीच ताइवानको मुद्दाले झनै दूरी बढाइरहेको छ । आज हुने दुई राष्ट्रपतिबीचको बैठकमा साइबर सुरक्षा, व्यापार र परमाणु लगायतका मुद्दामा छलफल हुन सक्ने बताइएको छ ।

शुक्रबार अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै दुवै देशका नेता अमेरिका र चीनबीच जारी प्रतिस्पर्धालाई जिम्मेवारीका साथ कायम राख्ने विषयमा चर्चा गर्ने जनाएको छ । साथै साझा हितका मामिलामा मिलेर अघि बढ्नेबारे पनि छलफल हुने ह्वाइट हाउसले बताएको छ ।

गत जनवरीमा अमेरिकी राष्ट्रपतिको पद सम्हालेपछि जो बाइडेन र सी जिनपिङबीच दुईपटक वार्ता भएको छ । दुवै नेताले दुई देशबीच केही मुद्दालाई लिएर गतिरोध रहेको स्वीकार गर्दै आएका छन् । गत हप्ता चिनियाँ राष्ट्रपति सीले अमेरिका–चीन सम्बन्ध सुदृढ बनाउन आफूहरु तयार रहेको बताएका थिए ।

अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ समकक्षी सीबीच भर्चुअल बैठक

नेप्से सामान्य घट्यो, कारोबार रकम चार अर्ब

अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ समकक्षी सीबीच भर्चुअल बैठक

न्युजिल्यान्डलाई हराउँदै अस्ट्रेलिया बन्यो टी(२० विश्व कपको

Leave a comment

Your email address will not be published. Required fields are marked *