नेपाल एयरलाइन्सको विमान अक्सिजन सिलिण्डर लिन ओमान प्रस्थान

काठमाडौँ । गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्तहुने करिव ६०० थान अक्सिजन सिलिन्डर लिन नेपाल एयरलाइन्सको विमान ओमान प्रस्थान गरेको छ ।
शनिबार ओमानको राजधानी मस्कटको लागि विमानले उडान भरेको तयारी नेपाल एयरलाइन्सका महाप्रवन्धक डिम प्रकाश पौडेलले जानकारी दिनुभयो ।
पौडेलका अनुसार ओमनबाट फर्केर सोहीदिन साँझ चीनको बेईजिङमा संकलिक करिब ४०० थान अक्सिजन कन्सर्नटेटर, ४०० थान सिलिन्डर र अन्य चिकित्सा सामग्री ल्याइनेछ ।
त्यसपछि हरेक दिन ५५० थान सिलिन्डर उत्पादन हुने भएकोले हरेक दिन नै ए ३३० विमान बेइजिङ पठाउने तयारी एयरलाइन्सले गरेको छ । अन्यत्र उपलब्ध हुन सक्ने सामानहरु ल्याउन निगमका सबै जहाजहरु तयारी अवस्थामा राखिएको पौडेलले जानकारी दिनुभयो ।






