कोरोना बिरामीको उपचारमा कर्णाली सरकार गैरजिम्मेवार बन्यो : एमाले

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले कोरोना संक्रमितहरुको उपचारमा कर्णाली प्रदेश सरकार गैरजिम्मेवार बनेको आरोप लगाएको छ।

कोरोना सक्रमितहरुले अक्सिजन नपाएर मृत्युवरण गरिरहेको बेला सरकार मन्त्रालय फुटाएर भागबण्डा गर्न केन्द्रित भएको जनाएको छ। कोरोना महामारीको रोकथाम, नियन्त्रण तथा प्राविधिक जनशक्ति व्यवस्थापन गर्नमा प्रदेश सरकारले कुनै चासो नदिएको एमालेको आरोप छ।

प्रदेश अध्यक्ष गोरखबहादुर बाेगटीले शनिबार एक विज्ञप्ति जारी गर्दै महामारीबाट सिंगो देश आक्रान्त बन्दै गइरहेको र हजारौं नागरिकहरुले ज्यान गुमाइरहेको बेला प्रदेश सरकार रमिते भएको आरोप लगाए।

यो महामारीको समयमा कोरोना रोकथाममा जुट्न एमालेले सरकारसँग आग्रह गरेको छ। त्यस्तै प्रदेश अस्पताल सुर्खेतले अक्सिजन अभाव देखाउँदै कोभिड–१९ का नयाँ बिरामी भर्ना गर्न नसक्ने सुचना टाँस गरेकोप्रति पनि बिरोध जनाएको छ।

‘प्रदेश सरकार कर्णालीका नागरिकहरुको जीवनप्रति कति गैरजिम्मेवार छ भन्ने कुराको यो नै जीवन्त उदाहरण हो।’ विज्ञप्तिमा भनिएको छ।

त्यस्तै आफ्नो प्रदेशका नागरिकहरुले सामान्य उपचार पाउन नसकी अकालमा ज्यान गुमाइरहेको समयमा बिना औचित्य र आवश्यक मनपरी ढंगले मन्त्रालय फुटाएर नयाँ मन्त्रालय निर्माण गरी केही व्यक्ति विशेषको स्वार्थसिद्धि गर्ने काममा प्रदेश सरकार लागेको पनि एमालेले जनाएको छ।

 

कोरोना बिरामीको उपचारमा कर्णाली सरकार गैरजिम्मेवार बन्यो : एमाले

अनमोलसँग ‘माइतीघर २’ बनाउन लागेका निर्देशक सुवोध

कोरोना बिरामीको उपचारमा कर्णाली सरकार गैरजिम्मेवार बन्यो : एमाले

नेपाल एयरलाइन्सको विमान अक्सिजन सिलिण्डर लिन ओमान

Leave a comment

Your email address will not be published. Required fields are marked *