राष्ट्रिय युवासंघ कालिकोट नेपालद्धारा हेल्थडेस्क स्थापना

प्रभुराम पाण्डे                                                   

कालिकोट । दोस्रो लहरमा सुरु भएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नका लागी राष्ट्रिय युवासंघ नेपाल कालिकोटले सदरमुकाम मान्मको जिरोप्याइन्टको चोकमा हेप्पडेस्क स्थापना गरिएको छ ।

कोरोना भाईरस (कोभिड १९) महामारीको दोस्रो लहर सुरु भए पछि संक्रमण तिब्र रुपमा फैलिए संगै अस्पताल आउने बिरामिलाई मास्क र स्यानिटाइजर प्रयोगमा ध्यान दिन आग्रह गर्दै यसका असर र बच्ने तरिका बारे जानकारी गराउने उद्देश्यले सहायता डेक्स स्थापना गरेको राष्ट्रिय युवासंघ नेपालका जिल्ला सह संयोजक ज्ञानेन्द्रजंग शाहीले जानकारी दिए ।

केन्द्रिय सदस्य जनकबहादुर शाहीको पहलमा हेल्थडेस्क स्थापना गर्न सफल रहेको सह संयोजक ज्ञानेन्द्रजंग शाहीले बताए । खाँडाचक्र नगरपालिका मेयर जसिप्रसाद पाण्डेले स्वास्थ्य सामाग्री मास्क,स्यानिटाइजर जस्ता सामाग्री हेल्थडेस्कलाई हस्तान्तरण गरि उक्त सहायता डेक्सको उद्घाटन गरेका थिए।

कार्यक्रममायुवा संघका केन्द्रिय सदस्य जनकबहादुर शाही प्रेस चौतारीका नेपालका नेता डिल्लीप्रसाद चौलगाँई,नेता रमेश नेपाली लगायतको सहभागितामा हेल्थडेस्कको स्थापना गरिएको थियो ।
राष्ट्रिय युवासंघ नेपाल नेकपा एमाले निकट भातृसंगठन हो ।

राष्ट्रिय युवासंघ कालिकोट नेपालद्धारा हेल्थडेस्क स्थापना

डिजिटल बैंकिङ्क सम्बन्धि वित्तिय साक्षरता

राष्ट्रिय युवासंघ कालिकोट नेपालद्धारा हेल्थडेस्क स्थापना

YUGAAWHAN NATIONAL DAILY (2078-02-01)

Leave a comment

Your email address will not be published. Required fields are marked *