डिजिटल बैंकिङ्क सम्बन्धि वित्तिय साक्षरता
सुर्खेत, ३१ बैशाख ।
ग्लोबल आईएमई बैंक लि. कर्णाली प्रदेश कार्यालयको आयोजनामा सुर्खेत शाखामा कारोबार गर्दै आएका आफ्ना ग्राहकहरुलाई भर्चुअल प्लेटफर्म जुममार्फत डिजिटल बैंकिङ्क सम्बन्धि वित्तिय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।
हालको वर्तमान परिस्थितिमा बैक बाट संचालनमा रहेको विद्युतियमार्फतबाट कारोवार घरैबाट बसी गर्न सकिने विभिन्न प्रकारका सेवा, जस्तै मोवाईल बैंकिङ्क, इ–बैकिङ, कनेक्ट आइपिएस, आइपिएस र आइएमई पे, डेविट कार्ड, क्रेडिट कार्ड जस्ता सेवामार्फत घरमैबसी सेवा लिन सकिने सम्वन्धित जानकारी गराइएको थियो ।
कोरोना संक्रमणको विषम अवस्थामा बंैकले उपलब्ध गराइरहेको डिजिटल बैंकिङ्क सेवा बढि भन्दा बढि उपयोग घर मै बसी गर्न सकिने जनाइएको छ । त्यसैगरी घरमै बसी बैकि¨ कारोवारले आफ्नो तथा घर परिवारको साथै समाज पनि सुरक्षित रहने हु“दा मार्फत बैकिङ कारोवार गर्न बैंकका कर्णाली प्रदेश प्रमुख विष्णु अर्यालले सम्पूर्ण ग्राहकवर्गमा अनुरोध गर्नुभएको थियो ।