बाफिकोट गाउपालिकाको दोश्रो राष्ट्रपति रनिङ शिल्ड उत्घाटन

प्रचण्ड खत्री 

रुकुमपश्चिम । रुकुम पशिम बाफिकोट गाउपालिकाको दोश्रो राष्टपति रनिङ शिल्ड उत्घाटन गरिएको छ । रास्ट्रिय सभा सदस्य ठकेन्द्रप्रकाश पुरीले ब्यानर पढेर शिल्डको उत्घाटन गरेका छन । स्थानीय तह बनेदेखि बाफिकोट गाउपालिकाले शिल्डको आयोजना गरि बिद्यार्थीको खेल जगतमा योगदान गर्दै आएको छ । राष्टका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ आज खेलको उत्घाटन गरिएको बाफिकोट गाउपालिकाले जनाएको छ ।

बाफिकोट गाउपालिकाका उच्च माबी ४ , माबी ५ ,निमाबि ३ गरि १२ वटा बिद्यालयको प्रदिशपर्दा रहेले आयोजक बाफिकोट गाउपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञानबहादुर खड्काले बताए । राष्टपति रनिङ शिल्डमा भलिबल छात्र , भलिबल छात्रा , हाईजम्प , ट्रिपलजम्प , ज्याभलीङ थ्रो , सटफुट १२र ८ पाउण्ड , एथलेस्थिकस अन्तर्गत ४०० मिटर , ३००० मिटर । १५ सय मिटर , ५०० मिटर दौड खेल हुने आयोजकले जनाएको छ ।

बाफिकोट गाउपालिका अध्यक्ष धर्मबहादुर केसीको अध्यक्षतामा भएको उत्घाटन कार्यक्रममा रास्ट्रिय सभा सदस्य ठकेन्द्रप्रकाश पुरीको प्रमुख आतित्यता रहेको थियो भने जिल्ला समन्य समिति रुकुम पशिमकि उपप्रमुख ईन्द्रिरा बुढा मगरको बिशेस आतित्यता रहेको छ ।

त्यस्तै नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य बसन्त शर्मा बाफिकोट गाउपालिका उपाअध्यक्ष मनकला पुन लगायत बिभिन्न पार्टीका प्रतिनिधि , कार्यालय प्रमुख लगायतको आथित्यता रहेको थियो । खेलकुद समितिका संयोजक हिरालाल खनालको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन जनकल्याण माबी जिपुका प्रअ झुपिलाल पौडेलले गरेका थिए ।

शिल्डमा प्रथम हुनेले शिल्ड ,कप , मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन , दृतिय हुनेले कप मेडल र प्रमाणपत्र र तृतीय हुनेले मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारि दिएको छ ।

बाफिकोट गाउपालिकाको दोश्रो राष्ट्रपति रनिङ शिल्ड उत्घाटन

नेप्सेमा ऐतिहासिक रेकर्ड

बाफिकोट गाउपालिकाको दोश्रो राष्ट्रपति रनिङ शिल्ड उत्घाटन

पाउलान् त मुख्यमन्त्रीले विश्वासको मत ?

Leave a comment

Your email address will not be published. Required fields are marked *