सिरुवा पर्व : सिम्रौनगढदेखि कम्बोडियासम्म उत्सव !

पश्चिममा सप्तरीदेखि पूर्वमा पश्चिम बंगलको कुचविहारसम्म मनाइने सिरुवा पर्व बिहीबार पनि मनाइँदैछ । सामान्यतया ३ दिनसम्म मनाइने यो पर्व पहिलो दिन पानीको साथमा, दोस्रो दिन हिलोको साथमा र तेस्रो दिन रंगको साथमा मनाउने गरिन्छ ।

जानकारहरु यो पर्व कम्बोडिया, थाइल्याण्ड जस्ता मुलुकसम्म मनाउने गरिन्छ । यद्यपि नेपाल र भारतबाहिर यसको नाम पनि फरक छ । कम्बोडियामा अप्रिल १३ र १४ गते चोलछाम (कसैले चोङक्रान पर्व पनि भन्छन्) पर्व मनाउने मूलभूत शैली नेपाल र कम्बोडियासम्म उस्तै हुने गरेको जानकारहरु बताउँछन् । कम्बोडियाली सञ्चारमाध्यमहरुका अनुसार चोलछाम पर्व रंगहरुको साथमा मनाउने गरिन्छ ।

सिरुवा संस्कृतिका जानकार सप्तरी स्थायी निवासी सीएन थारुका अनुसार पश्चिममा सिम्रौनगढदेखि पूर्वमा झापासम्म, भारतको कुचविहारदेखि कम्बोडियासम्म मनाइने यो पर्वको नाम ठाउँ अनुसार फरक फरक रहेको बताउँछन् ।

सप्तरी पूर्वको सिरुवा पर्व सप्तरीको पश्चिमी भेगमा भने जुडशिलतको रुपमा मनाउँछन् । सप्तरीदेखि पूर्व पश्चिम बंगालको कुचविहारसम्म त्यसलाई सिरुवा पर्वको नामबाट चिनिन्छ । वीरगञ्जदेखि पश्चिमतिर यो पर्व मनाउने चलन छैन ।

कम्बोडियाको चोलछामको किंवदन्ती

कम्बोडियाको स्थानीय किंवदन्ती अनुसार एउटा राजकुमार बिहे गर्ने उमेर पुगेपछि अर्की राज्यकी राजकुमारीसँग बिहेको प्रस्ताव लिएर जान्छ । राजकुमारी अत्यन्त विद्वान हुनाले ऊसँग विवाहको लागि एउटा शर्त राख्छिन् । उनको शर्त थियो कि उनी एउटा प्रश्न गर्नेछिन् जसको उत्तर दिन सके उनी राजकुमारसँग बिहे गर्छिन् । होइन भने उनलाई मारिनेछ । राजकुमारलाई यो उत्तर खोज्नको लागि ७ दिनको समय दिइएको थियो ।

राजकुमारीको प्रश्न थियो भाग्यले बिहान दिउँसो र साँझ कहाँ निवास गर्छ ?

राजकुमार उक्त प्रश्नको उत्तरको खोजीमा निस्किए । छैठौं दिन बेलुकासम्म पनि उनले उक्त उत्तर नभेटेपछि राजकुमार एउटा रुखको फेदमा आफ्नो मृत्युको समय कुरेर बसेका हुन्छन् । राजकुमार विविध जनावरको भाषा बुझ्ने क्षमताका व्यक्ति थिए ।

उनी बसेको रुखको माथि चिलको गुँड थियो र त्यहाँ चिलले आफ्ना बच्चहरुलाई यो मान्छे भोलि मर्ने भन्दै भोलिको राम्रो आहारा मिलेको सुनाउँदै थियो । बच्चाहरुले उसको कारण सोधे । चिलले दरबारमा सोधेको प्रश्न र उत्तर दिन नसकेको प्रसंग आफ्नो बच्चालाई सुनाउँछ । बच्चाहरुले आमासँग त्यो प्रश्नको उत्तर सोध्छन् ।

बच्चालाई चिलले उक्त प्रश्नको उत्तर भन्छे । त्यो रुखमुनि बसिरहेका राजकुमारले सुन्छन् । चिलले सुनाए अनुसार भाग्यले बिहान अनुहारमा निवास गर्छ, दिउँसो शरीरभित्र निवास गर्छ र राति खुट्टा निवास गर्छ भनेर उत्तर दिए । उत्तर दरबारमा सुनाएपछि राजकुमारसँग बिहे गर्न राजकुमारी तयार हुन्छिन् ।

माथि उल्लेखित किंवदन्ती कम्बोडियाको मौलिक किंवदन्ती रहेपनि थाइल्याण्ड, म्यानमार जस्ता मुलुकमा छुट्टै खालको कथा पाइन्छ । तर अपसोचको कुरा नेपालमा पनि सिरुवा पर्व धुमधामका साथ मनाए पनि नेपालमा त्यस्तो कथा केही पनि छैन ।

सिरुवा पर्व : सिम्रौनगढदेखि कम्बोडियासम्म उत्सव !

गण्डकी प्रदेशमा विशेष अधिवेशन बोलाउन विपक्षी दलको

Leave a comment

Your email address will not be published. Required fields are marked *