वैशाख ७ गतेदेखि कोरोना खोपको दोस्रो मात्रा दिइने

काठमाडौंं । कोरोना भाइरसविरुद्धको खोप अभियान अन्तर्गत पहिलो मात्रा लगाएकालाई आउँदो वैशाख ७ गतेदेखि दोस्रो मात्रा दिइने भएको छ । सरकारले गएको माघ १४ देखि फागुन १० गतेसम्म पहिलो चरणको खोप अभियान सुरु गरेको थियो ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसाफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कूटनीतिज्ञ तथा कर्मचारी, सार्वजनिक संस्थान र बैंक तथा वित्तिय संस्थानका कर्मचारीसहितले खोपको पहिलो मात्रा लगाएका छन् ।

यसरी पहिलो मात्रा लगाएकाहरुलाई आउँदो वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्राको खोप दिइने बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले जनाएको छ । खोप लगाउनका लागि केन्द्रहरु पनि तोकिएको र आफूलाई पायक पर्ने केन्द्रमा गएर खोप लगाउन निर्देशनालयले आग्रह गरेको छ ।

माघ १४, १५, १६, १७ र २६ गते खोपको पहिलो मात्रा लगाएकाहरुले वैशाख ७ गते तथा माघ १८, १९, २०, २१ र २७ गते पहिलो मात्रा लगाएकाहरुले वैशाख ८ गते दोस्रो मात्रा लगाउन पाउने छन् । यस्तै माघ २२, २३, २४, २८ र फागुन २ गते पहिलो मात्रा लगाएकाले वैशाख ९ तथा माघ २९ र फागुन ३, ४, ५ र ६ गते पहिलो मात्रा लगाएकाहरुले वैशाख १० गते दोस्रो मात्राको खोप लगाउन पाउने छन् ।

वैशाख ११ गते दोस्रो मात्राको खोप गएको माघ ३० र फागुन ७, ८, ९ र १० गते पहिलो मात्रा लगाएकाहरुलाई लगाइने जनाइएको छ । तोकिएका केन्द्रहरुमा बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप लगाउन पाइने छ ।

वैशाख ७ गतेदेखि कोरोना खोपको दोस्रो मात्रा दिइने

रास्कोट सामुदायिक अस्पताल सञ्चालनमा

वैशाख ७ गतेदेखि कोरोना खोपको दोस्रो मात्रा दिइने

नीति तथा कार्यक्रम र बजेट बनाउने तयारीमा

Leave a comment

Your email address will not be published. Required fields are marked *