नीति तथा कार्यक्रम र बजेट बनाउने तयारीमा जुट्यो सरकार

काठमाडौं । सरकार नीति तथा कार्यक्रम र बजेट बनाउने तयारीमा लागेको छ । नेपालको संविधान अनुसार जेठ १५ गते बजेट सार्वजनिक गरिसक्नुपर्ने व्यवस्था छ । ब

जेट सार्वजनिक गर्नुअघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने भएकाले सरकार नीति तथा कार्यक्रम र बजेटको तयारीमा लागेको हो । हाल प्रत्येक मन्त्रालयले आफ्नो प्राथामिकताका कार्यक्रम र आवश्यक नीति तथा बजेटको योजना बनाइरहेका छन् ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट कोरोना भाइरसले ल्याएका चुनौती सामना गर्ने गरी तयार भइरहेको बताए । प्रतिनिधिसभा अर्थ समितिको आजको बैठकमा मन्त्री पौडेलले बजेट निर्माणका आधारभूत सिद्धान्तलाई आत्मसाथ गर्दै कोरोनाले मुलुकमा ल्याएका चुनौती सामना गर्ने गरी बजेट ल्याइने बताए ।

आगामी आर्थिक वर्षको बजेटको तयारीबारे समितिमा छलफल भएको थियो । कोरोनाले सिर्जना गरेको चुनौती र त्यसको सामना गर्ने कुरालाई बजेटले सर्वोच्च प्राथमिकतामा राख्ने पनि मन्त्री पौडेलले जानकारी दिए ।

कोरोना सङ्क्रमण नियन्त्रण, उपचार र खोपको प्रबन्ध गर्ने, कोभिडबाट प्रभावित आर्थिक, सामाजिक जीवनलाई पुनरुत्थान गर्ने कुरामा चालु आर्थिक वर्षको बजेटले सम्बोधन गरेको र आगामी बजेटबाट पनि सम्बोधन गर्ने प्रयास हुने उनले जानकारी दिए ।

नीति तथा कार्यक्रम र बजेट बनाउने तयारीमा जुट्यो सरकार

वैशाख ७ गतेदेखि कोरोना खोपको दोस्रो मात्रा

Leave a comment

Your email address will not be published. Required fields are marked *