‘साइन्टिस्ट’ बन्ने सपना देख्थिन् दिशा, मोडलिङले बन्यो बलिउड करियर

मुम्बई । फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाई’ अभिनेत्री दिशा पटानी २९ बर्ष पुगेकी छन् । आज आइतबार आफ्नो जन्मदिन मनाइरहेकी दिशा उत्तरप्रदेश बरेलीमा जन्मिएकी हुन् ।

पढाइ समेत राम्रो भएको कारण उनी साइन्टिस्ट बन्ने सपना देख्थिन् । २०११ मा लखनउको एमिटी युनिभर्सिटीबाट बायोटेक अध्ययनको क्रममा उनले मोडलिङ सुरु गरेकी थिइन् ।

कलेजको फेयरवेल पार्टीमा उनी मिस कलेज छानिएकी थिइन् । यसपछि उनले मिस लखनउ प्रतियोगितामा पनि भाग लिइन् । मिस लखनउ भएपछि उनी एक मोडल प्रतियोगितामा पनि फष्ट रनरअफ भइन् । २०१३ को फेमिना मिस इन्दौर प्रतियोगितामा पनि उनी फष्ट रनरअप भएकी थिइन् ।

१७ बर्षको उमेरमा फोटो सुट समेत गरेकी दिशाले बिज्ञापनमा पनि काम गरेकी छन् । २०१५मा उनले दुध, मोवाइल कम्पनी लगायतको विज्ञापनमा अभिनय गरेकी थिइन् । उनले पुरी जगन्नाथको ‘लोफर’बाट ‘तेलूगू’ फिल्म अभिनय डेब्यु गरेकी थिइन् । बलिउड डेब्यु भने उनले २०१६ को फिल्म ‘एमएस धोनी : द अनटोल्ड स्टोरी’बाट गरेकी हुन् ।

दिशा अक्सर ब्वाइफ्रेण्ड टाइगर श्राफको साथ देखिने गर्दछन् । करियरको सुरुवातको समय देखिनै दुबै एकअर्काको रिलेसन स्वीकार्दै आएका छन् । दुबै एकसाथ भने ‘बागी २’मा देखिएका थिए ।

‘साइन्टिस्ट’ बन्ने सपना देख्थिन् दिशा, मोडलिङले बन्यो बलिउड करियर

मृत भेटिइन् एडल्ट स्टार डकोटा, फोटो सुटका

‘साइन्टिस्ट’ बन्ने सपना देख्थिन् दिशा, मोडलिङले बन्यो बलिउड करियर

लण्डनको चर्चित रियालिटी शो ‘सिक्रेट क्रस’ मा

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!