फ्राइडे रिलिज : हलमा मार्वलको इटर्नल्सु

काठमाडौं : शुक्रबारदेखि हलमा नयाँ हलिउड फिल्म इटर्नल्सु प्रदर्शनमा आएको छ। गत वर्षकी ओस्कार अवार्ड विजेता निर्देशक क्लोइ जाओको निर्देशनमा बनेको फिल्म शुक्रबारदेखि प्रदर्शनमा आएको हो।

मार्वल कमिक्समा आधारित सुपरहिरो फिल्ममा गेमा चेन, रिचार्ड मेडन, कुमाल नन्जियानी, लोरेन रिडलफ लगायत कलाकारको मुख्य भूमिका रहेको छ।

इटर्नल्सुकी निर्देशक तथा पटकथाकार क्लोइको निर्देशनमा बनेको नोम्याडल्याण्डुले गत वर्ष उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक तथा उत्कृष्ट अभिनेत्री गरी तीन वटा ओस्कार अवार्ड जितेको थियो। द सङ्स माइ ब्रदर टच मिु, द राइडरु, नोम्याडल्याण्डु जस्ता यथार्थवादी फिल्म निर्देशन गरेकी क्लोइले पहिले पटक सुपरहिरो फिल्म निर्देशन गरेकी हुन्। त्यसैले पनि यो फिल्मलाई प्रतीक्षित फिल्मको रुपमा हेरिएको थियो।

अमेरिकामा गत हप्तादेखि नै प्रदर्शनमा आएको फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ भने समीक्षकले पनि इटर्नल्सुलाई हेर्न लायक फिल्म भनेका छन्।

इटर्नल्सले शुक्रबारदेखि प्रदर्शन सुरु गर्दा बलिउड फिल्म सूर्यवंशीु शुक्रबारदेखि दोस्रो हप्तामा प्रवेश गरेको छ। पहिलो हप्ता उत्साहजनक व्यापार गरेको सूर्यवंशीुमा दर्शकको चाप अझै घटेको छैन। त्यसैले मल्टिप्लेक्समा सूर्यवंशीुलाई इटर्नल्सलाईभन्दा बढी प्राथमिकता दिइएको छ।

गएको हप्तादेखि हलमा पहिलेको जस्तो चहलपहल हुन थालेको छ। हलमा दर्शक जान थालेपछि नेपाली फिल्मले पनि आफ्नो प्रदर्शन मिति तोक्न थालेका छन्। चपली हाइट ३ु पुस २ गतेदेखि र म यस्तो गीत गाउँछु २ माघ १९ देखि प्रदर्शनमा आउने भएका छन्।

फ्राइडे रिलिज : हलमा मार्वलको इटर्नल्सु

कोप २७ अर्को वर्ष इजिप्टमा हुने

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!