कोप २७ अर्को वर्ष इजिप्टमा हुने

काठमाण्डौ : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय सम्मेलन अर्को वर्ष इजिप्टमा हुने भएको छ । ग्लास्गोमा भएको कोप २६ ले नै कोप २७ इजिप्टमा २०२२ मा गर्ने गरी जिम्मेवारी सुम्पिएको अन्तर्राष्ट्रिय समाचार संस्थामा जनाइएको छ ।

त्यसैगरी कोप २८ भने सन् २०२३ मा संयुक्त अरब इमिरेट्समा गर्ने निर्णय पनि भएको सम्मेलनका आयोजकहरूले जानकारी दिएका छन् ।

कोप २६ मा सहभागी देशहरूले सन् २०३० सम्म मिथेन उत्सर्जन ३० प्रतिशतले कम गर्ने प्रतिबद्धता जनाएका थिए । प्रतिबद्धतामा ८० भन्दा बढी देशले दशकको अन्तसम्ममा मिथेन उत्सर्जन ३० प्रतिशतले कम गर्ने अमेरिका र यूरोपेली सङ्घको प्रतिज्ञामा हस्ताक्षर गरेका हुन् ।

त्यसैगरी अमेरिका र चीनले पनि कार्बन उत्सर्जन न्यूनीकरणका लागि अपेक्षा गरेभन्दा राम्रो सहमति गरेका छन् ।

कोप २७ अर्को वर्ष इजिप्टमा हुने

बिपी प्रतिष्ठानको समस्या समाधान गर्न गठित समितिले

कोप २७ अर्को वर्ष इजिप्टमा हुने

फ्राइडे रिलिज : हलमा मार्वलको इटर्नल्सु

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!