२०८३ असार २ गते
×

Now Playing

दसैँमा हलमा लागेका यस्ता छन् दुई फिल्म

लामो समयपछि दर्शकले हलमा नेपाली फिल्म हेर्न पाएका छन् । दसैँको अवसर पारेर सोमबार र मंगलबार गरेर दुई नयाँ फिल्म ‘डाँडाको वरपीपल’ र ‘धन्दागिरी’ रिलिजमा आएसँगै दर्शकलाई उक्त अवसर मिलको हो । एकसाथ प्रदर्शनमा आएका दुबै फिल्मका विषयवस्तु तथा र कलाकार भने फरक फरक रहेका छन् ।

‘डाँडाको वरपीपल’

शोभित बस्नेतको निर्देशन रहेको ‘डाँडाको वरपीपल’ बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा नवराज गिरीले बनाएका हुन् । गोपालकाजी कायस्थको बितरण रहेको देशभरका ५६ पर्दामा लागेको छ । सोमबार साँझ एक कार्यक्रमबीच प्रिमिएर समेत गरिएको फिल्ममा भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, अस्मिता जुरेली, हिउँवाला गौतम, उत्तम केसी, संगम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेललगायतका कलाकारको अभिनय छ ।

फिल्ममा रामकाजी घिमिरेको लेखन, सुशान्त प्रजापतिको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी र मित्रदेव गुरुङको सम्पादन रहेको फिलम ओटीटी प्लेटफर्ममा तिहारमा रिलिज हुने बताइएको छ ।

‘धन्दागिरी’

‘धन्दागिरी’ पनि देशभरबाट प्रदर्शनमा आएको हो । समाजमा घटेको वास्तविक घटना बिषयबस्तु बनाइएको बताइएको फिल्म थाइल्याण्ड, मलेसिया, सिंगापुर र नेपालका विभिन्न स्थानमा छायांकन भएको छ ।
सविन श्रेष्ठ, छुल्ठिम गुरुङ, दिनेश खड्का, दिनेश डिसी, सुशिल पोखरेल, सुवास गजुरेल लगायतको अभिनय रहेको फिल्ममास्व. बिएस राणा र दीपक क्षेत्रीको पनि अभिनय देख्न सकिन्छ । कार्यकारी निर्माता कुमारप्रसाद ओझा रहेको फिल्ममा नरेन्द्र भट्टराईको कथा, पटकथा र निर्देशन रहेको छ । आरआर फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको ‘बारुली बारुली’ बोलको आइटम गीत चर्चामा छ ।

दसैँमा हलमा लागेका यस्ता छन् दुई फिल्म

दसैँमा पेट्रोल पम्प र डिपो खुलै रहने

दसैँमा हलमा लागेका यस्ता छन् दुई फिल्म

पिङ हाल्ने क्रममा लडेर एक जनाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *