टिआरको नयाँ गीत ‘मायाले संसार चल्दैन पैसा नभए’ सार्वजनिक

काठमाडौं । गीतमा मन छुने शब्द समेटेर सबैको मन जित्दै आएका गीतकार टिआर गौडेलको नयाँ गीत ‘मायाले संसार चल्दैन पैसा नभए’ सार्वजनिक भएको छ । रोमान्टिक डान्स नम्बरको रुपमा तयार गीत संगीत तथा एरेन्ज बाबुल गिरीले गरेका हुन् ।

गीतमा संगीत गिरीकै स्वर रहेको छ । गीतको म्युजिक भिडियो पनि आकर्षक बनेको छ । जसमा पुष्प खड्का, प्रथम खड्का र गरिमा शर्माको अभिनय देख्न सकिन्छ । निर्देशक समेत रहेका अभिनेता मोडल प्रथम खड्काको भिडियोमा निकै राम्रो नृत्य देख्न सकिन्छ । उनका नृत्यका फरक स्टेप र हाउभाउ तारिफयोग्य छन् । अभिनेता पुष्प र गरिमाको नृत्य र अभिनय पनि सुहाउँदो छ ।

गीतको भिडियो माइकल चन्दले निर्देशन गरेका हुन् । भिडियोमा फरक र आकर्षक स्टेप प्रयोगमा माहिर मानिने निर्देशक चन्दको यो भिडियो पनि राम्रो बनेको छ । माइलक स्टेप र आर्ट एकेडेमीको कोरियोग्राफी रहेको भिडियोमा उत्सव दाहालको छायाँकन, साइलेन लम्सालको सम्पादन रहेको छ ।

माया र पैसालाई आधार बनाएर लेखिएको गीतमा जिन्दगीमा माया मात्र नभई पैसा पनि उत्तिकै महत्व हुने देखाउन खोजिएको छ । गीतले प्रेम र बिछोड समेत ब्यक्त गरेको छ । गीतकार टिआर ब्यवसायी पनि हुन् ।

टिआरको नयाँ गीत ‘मायाले संसार चल्दैन पैसा नभए’ सार्वजनिक

मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!